नेपालमा लागुऔषध प्रयोगकर्ता बढदैे ! एकै दिन अबैध लागुऔषध सहित १५ युवक पक्राउ  |  निशुल्क स्वास्थ्य शिविर सम्पन्न  |  लोकसेवा तयारीमा यस्ता सम्म प्रश्न ! लोकसेवा पास गरेका कर्मचारी किन नहुन त खुरापाती  |  नुवाकोटमा तत्काल एम्बुलेन्स चाहियो ? नुवाकोटमा ९ संस्थाद्धारा सञ्चालीत यिनै हुन एम्बुलेन्सहरु ( फोन नं सहित)  |  १५६६ कर्मचारीको मात्र समायोजन ! समायोजन किन सकस बन्दैछ ?  |  आज फागुन ४ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  गोरखाका रामु तामाङलाई दु ब ई मा वेष्ट इम्प्लोई २०१८ को उपाधी  |  महिला पत्रकारमाथी सिडियोले कार्यकक्षमैगरेको दुर्व्यबहारप्रति प्रेस सेन्टरको आपत्ती,सिडियो थापालाई कारबाहीको माग  |  एक वर्षमा त देशको यो हालत छ भने अझै चार वर्ष यसैगरि चलाउँदा देशको हालत झन के होला ? ः गजुरेल  |  एपीएफ टोलीद्वारा करीव ९ के.जी. चरेशसहित दुई जना पक्राउ
समाज
Sep 14, 2018
‘आवासको अधिकारसम्बन्धी विधेयक, २०७५’ पारित
 काठमाडौँ, २९ भदौ (रासस) ः प्रतिनिधिसभाको आजको बैठकमा ‘आवासको अधिकारसम्बन्धी विधेयक, २०७५’ सर्वसम्मतिले पारित भएको छ । 
बैठकमा शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । यसअघि मन्त्री राईले ‘विकास तथा प्रविधि समितिको प्रतिवेदन सहितको आवासको अधिकारसम्बन्धी विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । 
छलफलमा सांसद सुवालले एक ठाउँमा घर भएकाहरुले अर्को स्थानमा बनाउँदा अनुत्पादक क्षेत्रमा खर्च भएको बताउनुभयो । सडक विस्तार गर्ने नाममा सम्पदा, बस्ती र आवास नभत्काउन पनि सांसद सुवालले माग गर्नुभयो । 
सांसदले उठाएका विषयको जवाफ दिँदै मन्त्री राईले भवनसंहितालगायत आवाससम्बन्धी कानून पालना गरिने प्रतिबद्धता जनाउनुभयो । बैठकले समितिको संशोधन प्रस्ताव स्वीकृत गरी विधेयकको अंग बनाउने प्रस्ताव पनि पारित गरेको थियो । विधेयकको नाम र प्रस्तावना पनि बैठकले स्वीकृत ग¥यो । 
––– 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video