काठमाण्डौंमा भुकम्पको धक्का  |  नेपालमा लागुऔषध प्रयोगकर्ता बढदैे ! एकै दिन अबैध लागुऔषध सहित १५ युवक पक्राउ  |  निशुल्क स्वास्थ्य शिविर सम्पन्न  |  लोकसेवा तयारीमा यस्ता सम्म प्रश्न ! लोकसेवा पास गरेका कर्मचारी किन नहुन त खुरापाती  |  नुवाकोटमा तत्काल एम्बुलेन्स चाहियो ? नुवाकोटमा ९ संस्थाद्धारा सञ्चालीत यिनै हुन एम्बुलेन्सहरु ( फोन नं सहित)  |  १५६६ कर्मचारीको मात्र समायोजन ! समायोजन किन सकस बन्दैछ ?  |  आज फागुन ४ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  गोरखाका रामु तामाङलाई दु ब ई मा वेष्ट इम्प्लोई २०१८ को उपाधी  |  महिला पत्रकारमाथी सिडियोले कार्यकक्षमैगरेको दुर्व्यबहारप्रति प्रेस सेन्टरको आपत्ती,सिडियो थापालाई कारबाहीको माग  |  एक वर्षमा त देशको यो हालत छ भने अझै चार वर्ष यसैगरि चलाउँदा देशको हालत झन के होला ? ः गजुरेल

BREAKING NEWS:

प्रमुख समाचार
Sep 17, 2018
नेपाल वायु सेवा निगम अध्यक्ष खरेलद्वारा पदभार
 काठमाडौँ, असोज  १ । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले आज साँझ पदभार ग्रहण गर्नुभएको छ । निगमको कार्यालय नयाँ सडक पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो । अध्यक्ष खरेललाई निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले स्वागत गर्नुभएको थियो । 

आइतबारको मन्त्रिपरिषद्को बैठकले खरेललाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो । पदभारपछि अध्यक्ष खरेलले निगमलाई थप व्यावसायिक बनाउन आफूले सबैसँग मिलेर काम गर्ने बताउनुभयो । उहाँले हरेक विषयमा समेत विवाद गर्ने प्रवृत्तिबाट मुक्त भएर निगमलाई थप भरपर्दो बनाउन प्रयत्नशील रहने विश्वास व्यक्त गर्नुभयो । 

निगमले गत असार र साउनमा ल्याएको दुईवटा ‘वाइडबडी’ जहाजको कुशल सञ्चालन र थप जहाज खरीदको प्रक्रिया अगाडि बढाएको छ । दुर्गम क्षेत्रमा हवाई सेवा पु¥याउने दायित्वसमेत निगमको नै रहेको सन्दर्भमा थप व्यावसायिक कार्ययोजनाका साथ निगमका सम्पूर्ण कर्मचारीसँग मिलेर काम गर्ने आफ्नो योजना रहेको अध्यक्ष खरेलको भनाइ छ । 

अध्यक्ष खरेललाई निगमका कर्मचारीले स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए । महाप्रबन्धक कंसाकारले निगमलाई थप प्रभावकारी र व्यावसायिक बनाउन सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभयो । 

सरकारले पर्यटन प्रवद्र्धनलाई प्रमुख प्राथमिकतामा राखेकाले त्यसैलाई केन्द्रविन्दुमा राखेर काम गर्ने जानकारी दिँदै महाप्रबन्धक कंसाकारले सेवा विस्तारका लागि समेत थप लगानी गरिने उल्लेख गर्नुभयो । 

यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले अध्यक्ष खरेल, महाप्रबन्धक कंसाकार तथा निगमका कर्मचारीलाई समन्वयात्मक तवरले काम गर्न निर्देशन दिनुभएको छ । उहाँले सरकारको चाहना र मुलुकको आवश्यकतालाई ख्याल गरेर व्यावसायिक कार्ययोजनाका साथ काम गर्न निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ । 
––– 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video