नेपाल प्रहरीका ६४ इन्सपेक्टर डिएसपी बढुवाको सिफारीसमा, को को भए सिफारीस ?  |  अस्ट्रेलीयामा नेपाली विद्यार्थी अलपत्र बारेमा नेपाल सरकारका पुर्व सचिब उपाध्यायको बिचार यस्तो  |  दाउरा काटन जंगल गएकी महिलालाई बलत्कार गर्ने एक पक्राउ  |  पशुपती शर्माको भन्दा कडा गित निस्कीयो, लेख्न सके लेख कान्छा लेख्न सके लेख,एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश  |  काठमाण्डौंमै आज बिहान राँगोले हानेर मर्निङवाकमा निस्कीएका मानिसको मृत्यु  |  नक्खुको बम बिस्फोटमा घाइते गुरुङको निधन, अन्य दुई घाइतेको अवस्था यस्तो छ  |  आज फागुन ११ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  ललितपुरमा बम बिस्फोट पछि कमलपोखरीमा पनि बम भेटीयो, सर्वसाधारण त्रसीत  |  ललितपुरमा एनसेल कार्यालय अगाडी बम बिस्फोट ३ जना घाइते, बिस्फोटमा परी एक गम्भीर  |  राष्ट्रपतिको सवारी सुरक्षाका लागि कारगेट मोटरसाइकल किन्न प्रहरीलाई १४ करोड निकासा
राजनीति
Sep 18, 2018
सङ्घीयता महङ्गो भन्नु गलत–मुख्यमन्त्री पोखरेल
 टवल, असोज  ।  प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले स्थानीय तह, प्रदेश र केन्द्रले काम शुरु गरेको लामो समय नभएकाले अहिले सङ्घीयता महँगो भन्नु गलत भएको बताउनुभएको छ । 

संविधान दिवसको अवसरमा रातोपाटी डटकमको प्रदेश कार्यालय बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सङ्घीयता, कानूनी, प्रशासनिक, मनोविज्ञानका हिसाबले स्थापित भइनसकेको बताउँदै सङ्घीयतालाई अहिले आलोचना गर्नुभन्दा सबल बनाउनतर्फ लाग्नुपर्ने बताउनुभयो । 

उहाँले कामका आधारमा भन्दा सरकार सञ्चालनको छ महिना नपुग्दै आलोचना शुरु हुने गरेको बताउँदै उहाँले तीन प्रतिशत रहेको आर्थिक वृद्धि दर यही सरकारले छ प्रतिशतमा पु¥याएको बताउँदै आगामी वर्ष आठ प्रतिशतमा पुग्ने दाबी गर्नुभयो । 

समाजमा हुने अपराधलाई राज्यलाई दोष दिन नहुने पुरानो चलन भएको भन्दै गल्ती, हेलचेक्र्याइबाट हुने घटनालाई राज्यलाई जोड्नुभन्दा परिवार र समाज पनि सचेत हुनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा प्रदेशमा सभामुख पूर्णबहादुर धर्तीले सञ्चार माध्यमलाई व्यवस्थित र निष्पक्ष गराउनुपर्ने बताउनुभयो । रातोपाटी अनलाइनका संस्थापक तथा नेपाल पत्रकार महासङ्घ पूर्व केन्द्रीय महासचिव ओम शर्मा नेपाल पत्रकार महासङ्घ रुपन्देहीका यानेन्द्र जिसी, बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेम हमाललगायतले मिडियाले समाजमा परिवर्तन गर्नुपर्ने बताउनुभयो । 
––– 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video