सेना/ प्रहरी/ शशस्त्र समाचार
Sep 24, 2018
काठमाण्डौका एसपी फेरीए
रबिन थपलिया  काठमाण्डौं । असोज ८ । अचानक काठमाण्डौंको एसपी फेरीएका छन् । प्रहरी प्रधान कार्यालयले हिजो महानगरीय प्रहरी परिसर काठमाण्डौंमा एसपी अशोक सिंहलाई जिम्मेवारी दिएको छ । महानगरीय आयुक्तको कार्यालय रानीपोखरीमा कार्यरत एसपी सिंहलाई प्रहरी प्रधान कार्यालयले काजमा सरुवा गरेको हो । यस अघि काठमाण्डौंमा कार्यरत एसपी रामदत्त जोसीलाई भने प्रहरी महानिरिक्षकको सचिवालयमा काजमा सरुवा गरिएको छ । 
एसपी सिंह कमान्ड गर्ने खुबी भएका प्रहरी अफिसरको रुपमा चिनिन्छन ्। उनले यसभन्दा अघि कास्कीको प्रहरी प्रमुख हुँदा गुण्डा निस्तेज अभियान नै सञ्चालन गरेको बताइएको छ । 

यस अघि पोष्ट भएको समाचारमा काठमाण्डौंका एसपी हुनुपर्नेमा काठमाण्डौंका प्रहरी प्रमुख भनि उल्लेख भएकोमा क्षमा चाहन्छौं । सं 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video