समाज
Oct 10, 2018
बलात्कार रोक्न आत्मरक्षा तालीम
 रोल्पा, असोज  २४  बलात्कार घटना न्यूनीकरणका लागि रोल्पा सदरमुकाम लिवाङमा आज प्रतिरक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रम आयोजना गरियो  

अन्तर्राष्ट्रिय किशोरी दिवसका अवसरमा आयोजित उक्त अभिमुखीकरण कार्यक्रममा जिल्लाका विभिन्न वडाका ४० जना किशोरीको सहभागिता छ । कार्यक्रममा तेक्वान्डो र जुडो सम्बन्धी आधारभूत सीप सिकाइएको जनाएको छ । 

तालीमबाट सिकेका सीप र ज्ञानलाई उनीहरुले गाउँ÷गाउँमा गएर किशोरीहरुलाई सीप हस्तान्तरण गर्ने संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या विकास कोष रोल्पाका प्रतिनिधि खगेन्द्र भट्टले जानकारी दिनुभयो । 

आकस्मिक रुपमा हुने घटनामा आत्मरक्षा कसरी गर्न सकिन्छ भन्ने विषयमा आफूहरुले सहजीकरण गरिरहेको तेक्वाण्दो प्रशिक्षक लोकेन्द्र सेनले जानकारी दिनुभयो । तत्काल हुने घटनाबाट कसरीमुक्त हुने भन्ने विषयलाई केन्द्रीत गरी सहजीकरण गरिएको छ, प्रशिक्षक सेनले भन्नुभयो । तालीम प्रयोगात्मक विधिबाट गरिएकोले प्रशिक्षार्थीले छोटो समयमा धेरै कुरा सिकेको प्रशिक्षक सेनको भनाइ छ । 

आत्मरक्षाका लागि तालीम निकै प्रभावकारी भएको प्रशिक्षार्थी सङ्गिता केसीले भन्नुभयो, “तालीम पश्चात निकै आत्मविश्वास बढेको छ ।” तालीमबाट फर्किएलगत्तै तालीममा सहभागी हुन नपाएका साथीलाई पनि सीप सिकाउछाँै उहाँले भन्नुभयो । 

तालीमपश्चात् आफूहरुमा प्रतिरक्षाको आत्मबल बढेको किशोरी श्रेया घर्तीमगरले जानकारी दिनुभयो । तालीमले शारीरका हरेक अङ्गलाई कसरी रक्षा गर्ने र बलात्कारीबाट आत्मरक्षा गर्ने भन्ने ज्ञान भएको घर्तीको भनाइ छ । तालीममा सिकेका कुरा समुदायमा फर्केर अन्य किशोरीलाई समेत सिकाउने उहाँले बताउनुभयो । 

पछिल्ला दिनमा किशोरीमाथि भइरहेको बलात्कारका घटनालाई आफैँले प्रतिरक्षा गर्न सकुन भन्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या विकास कोषको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी रोल्पाले उक्त अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । नेपाली सेनाका खड्क दल गण र जिल्ला टेक्वान्दो महासङ्घ रोल्पाको सहजीकरणमा उक्त तालीम सञ्चालन गरिएको बताइएको छ । 
––– 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video