स्थानीय सरकार
Nov 15, 2018
नुवाकोटको तादी गाँउपालीकाले पाँच महिना नपुग्दै ग¥यो विशेष गाँउसभा, दुई करोडको रकम बिनियोजन
रबिन थपलिया । काठमाण्डौं । कार्तिक २९ । नुवाकोटको तादी गाँउपालीकाले अघिल्लो गाँउसभा गरेको पाँच महिना पनि नबित्दै विशेष गाँउसभा गरेको छ । गत असार १० गते २८ करोड ३१ लाख भन्दा बडी रकम बिनीयोजन गदै तेश्रो गाँउसभा गरेको तादी गाँउपालीकाले हिजो कार्तिक २८ गते विशेष गाँउसभा गरेको हो । गाँउपालीकाको कार्यालमा हिजो अपराह्न सम्पन्न गाँउसभाले २ करोडको रकम बिनियोजन गरेको छ ।
No automatic alt text available.
गाँउपालीकाको खातामा रहेको सञ्चीत कोषको २ करोड रकम खर्च गर्नका लागि गाँउपालीकाले विशेष गाँउसभा गरेको हो । तादी गाँउपालीकाका अध्यक्ष नारायण पाण्डेले गाँउपालीकाको सञ्चीत कोषमा रहेको रकम कार्यपालीकाको निर्णयले खर्च गर्न नमिल्ने भएकाले गाँउसभानै गरेको बताए । अध्यक्ष पाण्डेले भने “हामीले राम्रो कामकै लागि विशेष गाँउसभा गरेका हौं” गाँउपालीकाले लक्षीत बर्गको कार्यक्रम अन्तर्गत अपांगता भएका व्यक्तिहरुको लागि एक रुपयाँ पनि बिनीयोजन गरेको छैन् । अपांगता भएकाहरुलाई रकम बिनीयोजन नगरीएको बारेमा गाँउपालीकाका अध्यक्ष पाण्डेले भने“गतबर्ष रकम बिनीयोजन ग¥यौं कोही अपांगता भएका व्यक्तीहरु आएन, यसपटक हामीले रकम यति भनेर बिनीयोजन नगरीएपनि कार्यक्रम लिएर आएमा उहाँहरुलाई अन्य बिकल्पबाट रकम दिनेछौं”
विशेष गाँउसभाले तादी गाँउपालीका वडा नं ५ डाँडाको पाटोमा वडा नं ५ र ६ को संयुक्त वडा कार्यालय भबन बनाउनको लागि ६५ लाख, वडा नं ४ मा पहिरो नियन्त्रणको लागि १० लाख, एकिकृत बस्तीमा बाटोको लागि १० लाख, सिंचाईका लागि ५ लाख, वडा नं १ र ४ को वडा भबन र्निमाण भईसकेको र त्यसमा कम्पाउण्ड र बत्ति लगायतको कामका लागि रु २० लाख, गाँउपालीका र सामुदायीक विद्यालयहरुमा विद्युतीय हाजीर, महिला सशक्तीकरण लगायतका लागि रकम बिनियोजन गरीएको छ । 
Image may contain: one or more people, people sitting and indoor
गाँउपालीकाका प्रमुख प्रशासकीय अधिकृत अशोक बिष्टले गाँउकार्यपालीकाको बैठकको निर्णय अनुसार सञ्चीत कोषको रकम खर्च गर्नका लागि बिशेष गाँउसभा गरिएको बताँउदै बजेट सहि ठाँउमा खर्च हुनेमा विश्वास व्यक्त गरे । गाँउपालीकहरु मार्फत खर्च हुने रकम धेरै जसो बाटो सरसफाईमै बढी खर्च हुंदा बिकास निमार्णमा केहि समस्या भएको बताँउदै बिष्टले “भने गाँउठाँउको बाटो सफा नगरी पनि नहुने, यसपटक सफा ग¥यो बर्खाले बगाँउछ, फेरी अर्को बर्ष त्यहीं बजेट खर्च गर्नुपर्ने हुन्छ, कच्ची सडकका कारण धेरै रकम सफा गर्नका लागि खर्च गर्नुपर्ने बाध्यता छ”
बिष्टले गाँउपालीकाको बजेट बितरणमुखी नभई बिकास मुखी हुनुपर्ने बताए । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video