मनाेरञ्जन/रोचक
Jan 14, 2019
अपाङ्गताको भोगाई मा आधारित “जिउन खोज्यो जिउनै गाह्रो” बजारमा
काठमाडौं, अपाङ्गता भएकाहरुको जिवनको भोगाईलाई समेटेर नव गायिका गंगा छन्त्यालको को सांगितिक कोसेली जिउन खोज्यो जिउनै गाह्रो बजारमा आएको छ । 
डि.ए.आर मुभिज एण्ड फिल्म ई. प्रा.लि को प्रस्तुति रहेको गित नव गायिका गंगा छन्त्यालको वास्तविक जिवनमा आधारित आधुनिक गित हो । गितमा शब्द तथा संगीत छन्त्यालको आफ्रनै रहेको छ भने एरेन्ज भुवन प्रकाश बडुले गरेका हुन् । बिग एच.डि. परिवेष स्टुडियोमा रेर्कडिङ भएको उक्त गितको म्युजिक भिडियो डि.ए.आर मुभिज एण्ड फिल्म ई. प्रा.लिको निर्माणमा बजारमा आएको हो । गितले बजारमा आएको एक साता भित्रनै निकै नै राम्रो प्रतिक्रिया पाइरहेको छ । उक्त भिडियोमा चर्चित कलाकारहरु रमा थपलिया, उत्तम के.सी, आशा खड्का, जिवन बडु, नारायण दंगाल लगाएतको अभिनय रहेको छ । म्युजिक भिडियो मा क्यामरा अमन बडु, सम्पादन विवेक सुनुवार, कला रोशन झा, व्यवस्थापन डिं.एन. दाहाल र निर्देशन प्रभावनको रहेको छ । काठमाडौंको राष्ट्रिय महिला आयोगमा आयोजित विमोचन कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गित विमोचन गर्दै अपाङ्गता भएकाहरुलाई सफल जिवन जिउनका लागि गित प्रेरणाको स्रोत बताउँदै गायिकाको सांगितिक यात्राको शुभकामना व्यक्त गरे । भिडियो डि.एआर. मुभिजको औपचारीक च्यानलबाट डिजिटल बजारमा आएको छ । 
  
गितको लिङ्क तल दिएको छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video