सेना/ प्रहरी/ शशस्त्र समाचार
Jan 29, 2019
विवाह भोजमा खाना पकाउने क्रममा आगलागी हुंदा नुवाकोटमा पाँचलाख रुपयाँको क्षती
नुवाकोट । माघ १५ । बिबाह भोजमा खाना पकाउने क्रममा अचानक आगलागी हुंदा नुवाकोटमा पाँचलाख रुपयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 
नुवाकोट दुप्चेश्वर गाउँपालिका २ ढाडे बस्ने मानबहादुर तामाङको घरमा बिहेको भोज भतेर बनाउने क्रममा मंगलबार बिहान आगलागी हुँदा घर, अन्नपात, भाँडाकुडा, लत्ताकपडा र नगद १ लाख ७० हजार रुपैयाँ सहित करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।  
आगलागी लगतै दमकल र स्थानीयबासी समेतको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यता, नुवाकोट बिदुर नगरपालिका ११ गेर्खुस्थित सामुदायिक भवनमा सोमबार बिहान आगलागी हुँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले बताएको छ । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video