राजनीति
Apr 08, 2019
‘राजनीतिमा युवाको प्रभाव बढ्दो क्रममा’
इलाम,  चैत २५ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता योगेश भट्टराईले वर्तमान परिप्रेक्ष्यमा राजनीतिमा युवाको प्रभाव पर्ने क्रम बढ्दो क्रममा रहेको बताउनुभएको छ । उहाँले लोकतान्त्रिक विधिबाट राजनीतिमा युवाको नेतृत्व हुन सकस भएपनि पछिल्लो समय त्यो प्रभाव बढेको उल्लेख गर्नुभयो । देउमाई नगरपालिकास्थित ‘देउमाई साहित्य तथा पर्यटन महोत्सव’मा राजनीतिमा युवा पुस्ताबारे बहस गर्दै नेता भट्टराईले आफू उमेरका हिसाबले नभइ पुस्ताका हिसाबले युवा रहेको बताउनुभयो । उहाँले पार्टीमा अहिले २००७ सालको पुस्ताको सहभागिता तथा नेतृत्व नगन्य रूपमा रहेको तर २०४६ सालको आन्दोलनबाट जन्मिएका नेताको सहभागिता बढी रहेको बताउनुभयो । नेपाली काङ्ग्रेसका नेता प्रदीप पौडेलले पार्टीमा अझै पनि युवा पुस्ताको नेतृत्व आउन नसकेकामा दुःख व्यक्त गर्नुभयो । “पार्टीमा अझै पनि हामीलाई केटाकेटी भनिन्छ”, उहाँले थप्नुभयो, “युवाले पनि नेतृत्व गर्न सक्छन् भन्ने धारणा विकाश हुनुपर्छ ।” पौडेलले युवा नेतृत्वमा आउनका लागि प्रतिष्पर्धामा आउन सक्नुपर्ने बताउनुभयो । सो कार्यक्रमको बहस पत्रकार वसन्त बस्नेतले गराउनुभएको थियो । महोत्सवअन्तर्र्गत आजै महिला बहस कार्यक्रममा साहित्यकार सीमा आवास र कुन्ता शर्मासँग समेत बहस गरिएको थियो । बहसमा दुवैले महिला विभिन्न हिसाबले अहिले पनि पुरुषको तुलनामा पछाडि नै रहेको बताउनुभएको थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video