सेना/ प्रहरी/ शशस्त्र समाचार
Apr 28, 2019
नुवाकोट प्रहरीद्धारा बाल यौन हिंसा र ट्राफिक ज्ञान सम्बन्धी सचेतना अभियान सञ्चालन
काठमाण्डौं । बैशाख १५ । जिल्ला प्रहरी कार्यालय नुवाकोटले बाल यौन हिंसा र ट्राफिक ज्ञान सम्बन्धी एक दिने सचेतना मुलक अभियान सञ्चालन गरेको छ । बिदुर नगरपालीका ४ स्थीत दुईवटा सरकारी विद्यालयका १५० बढी शिक्षक र विद्यार्थीहरुलाई अभियानमा सहभागी गराएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।  
Image may contain: 2 people, people standing

जिल्ला प्रहरी कार्यालय नुवाकोट र संरक्षक समुह नेपालको संयुक्त आयोजनामा र सामुदायिक प्रहरी सेवा केन्द्र नुवाकोट बट्टारको सहकार्यमा उक्त अभियान सञ्चालन गरेको हो । आज बिहान ११ बजे देखि ४ बजे सम्म जिल्ला नुवाकोट बिदुर नगरपालिका वडा नं.४ बिदुर स्थित पृथ्वी माध्यामिक विद्यालय र च्वाडी माध्यामिक विद्यालयमा कक्षा ६,७ र ८ मा अध्यनरत छात्र,छात्रा तथा शिक्षक शिक्षिका समेत गरि १५० जना सहभागी रहेका थिए । 
Image may contain: 17 people, people standing
अभियानका क्रममा जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख, एसपी कृष्ण बहादुर पल्लीमगर र जिल्ला ट्राफिक कार्यालयका प्र.ना.नि.विकल भट्टराईले प्रशिक्षण दिएका थिए । 
प्रशिक्षणका क्रममा बाल यौन हिंसा तथा ट्राफिक ज्ञान सम्बन्धी बिभिन्न चेतनामुलक सामग्री र जानकारीहरु प्रस्तुत गरिएको थियो । 

Image may contain: one or more people, crowd and indoor
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video