राजनीति
May 18, 2019
सशक्त प्रतिपक्षका लागि जागरण अभियानः नेता महत
गलकोट, जेठ ४ ।  नेपाली काङ्ग्रेसका सह–महामन्त्री डा प्रकाशशरण महतले आफ्नो दलले प्रतिपक्षको भूमिका सशक्त बनाउनका लागि जागरण अभियान सञ्चालन गरेको बताउनुभएको छ । पार्टीको अन्तरविरोध हटाई वहुमतको दम्भ देखाउने सरकारको सशक्तरुपमा विरोध जनाउन लागि यस अभियानले सहयोग पुग्ने उहाँको धारणा थियो । नेपाल प्रेस युनियन बागलुङ शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सह–महामन्त्री महतले सरकारले ल्याएको मिडिया विधेयक पत्रकारको मुख बन्द गर्ने खालको भएकाले यसैलाई एजेण्डा बनाएर संसद्मा प्रतिपाद गरिने जानकारी दिनुभयो । अघिल्ला दिनमा प्रतिपक्षको भूमिका कमजोर भएकाले जागरण अभियानबाट काङ्ग्रेस खारिएर जाने धारण व्यक्त गर्दै उहाँले जनतालाई काङ्ग्रेसको अभाव खड्किएकाले आगामी निर्वाचनमा देश काङ्ग्रेसमय बन्ने आशा व्यक्त गर्नुभयो । हचुवाका भरमा विकास निर्माणका कार्य भइरहेको र महँगी, भष्टाचार, बलात्कारजस्ता कार्यलाई सरकारले प्राथमिकता दिएको चर्चा गर्दै नेता महतले भन्नुभयो “सरकार प्रभाव र दबाबबाट मुक्त हुन सकेन”, –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video