प्रमुख समाचार
Aug 02, 2019
उपराष्ट्रपति पुनसँग मोरक्कोका राजदूत मल्लिकद्वारा भेट
काठमाडौँ, साउन १७ उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि मोरक्कोका राजदूत मोहम्मद मल्लिकले शिष्टाचार भेट गर्नुभएको छ । आज अपराह्न उपराष्ट्रपति भवन हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षबारे कुराकानी भएको थियो । भेटमा उपराष्ट्रपति पुनले नेपाल र मोरक्कोबीच औपचारिक सम्बन्ध स्थापना भएको ४४ वर्ष पुगेको र दुई देशबीचको सम्बन्ध प्रगाढ बन्दै आएको बताउनुभयो । उहाँले नेपाल र मोरक्कोबीचको सम्बन्धलाई जनस्तरसम्म फैलाएर आपसी सहयोग र सहकार्यलाई फराकिलो बनाउनुपर्ने बताउनुभयो । सो अवसरमा मोरक्कोका राजदूत मल्लिकले नेपाल भ्रमण वर्ष सन् २०२० को सफलताको कामना गर्दै सो अवसरमा मोरक्कोका नागरिकलाई नेपाल भ्रमण गर्न आफूले सहजीकरण गर्ने बताउनुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video