प्रमुख समाचार
Aug 12, 2019
वडा कार्यालयमा बम विष्फोट
सुरुङ्गा,साउन २७ अज्ञात समूहले झापाको बिर्तामोडस्थित वडा कार्यालयको भवनमा आज बिहान बम विष्फोट गराएको छ । बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा बिहान ४ः३० बजे बम विष्फोट गराएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । प्रहरी निरीक्षक सुनिल श्रेष्ठका अनासार गरामनीमा रहेको संयुक्त वडा कार्यालयमा बम विष्फोट गराउँदा कार्यालयको झ्यालहरु भत्किएको छ । विष्फोट कसले गराएको हो पहिचान नभएको श्रेष्ठले बताउनुभयो । घटनालगत्तै प्रहरीले अनुसन्धान शुरु गरेको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ । बम विष्फोटबाट कार्यालयको बाहिरी भवनमा क्षति पुगे पनि कागजात भने सुरक्षित रहेको प्रहरीको भनाइ छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video