कृषि/प्रविधि
Aug 18, 2019
शिक्षण पेशा छाडेर शिवपुरीका थापाले सुरुगरे पशुपालन र डेरी व्यवसाय
रबिन थपलिया । काठमाण्डौं । भाद्र १ । नुवाकोट जिल्ला शिवपुरी ८ थानापतिका नवराज थापाले शिक्षण पेशा छाडेर पशुपालन तथा डेरी व्यवसायमा लागेका छन् । 
पशुपालन र डेरी व्यवसायमा झण्डै १० लाख लगानी गरी उनि व्यवसायमा लागेका हुन् ।  थापाको करिब ३ लाख लगानीमा शिवपुरी गाँउपालीका ८ थानापति स्थीत सत्तरी बजारमा भाद्र १ गते बाट शिवपुरी दुधडेरी सञ्चालनमा आएको छ । डेरी सञ्चालनको पहिलो दिनमानै करिब ३० लिटर दुध संकलन भएको थापा बताँउछन् । उनिभन्छन “आजबाट सञ्चालन गर्नेभन्ने त्यती खबर थिएन तर पनि छिमेकमा रहेका केहि व्यक्तिहरुले दुध लिएर आउनुभएछ, भोली अझ धेरै दुध संकलन हुने छ ।” 
शहरहरुमा दुधको अभाव हुने तर गाँउघरमा डेरी नहुंदा दुधलाई घरायसी प्रयोजनमा मात्र खर्चगर्नुपर्ने बाध्यतालाई अन्त्य गर्नको लागि डेरी व्यवसायले मद्धत गर्ने थापाको दावी छ ।   उनिभन्छन् “व्यवसाय पनि होस र दुधबिक्री गरेर स्थानीयहरुले पशुमा गरेका लगानी पनि उठोस भन्ने मेरो चाहना छ ।” प्रतिलिटर दुधको कति रुपयाँ दिने भन्ने बारेमा अहिले सम्म भाउ निर्धारण नभएको बताँउदै थापा भन्छन् “भोली काठमाण्डौं दुध लिएर जाँदै छु कतिमा बिक्री गर्न सकिन्छ त्यसैको आधारमा थोरै नाफा राखेर दुधको रेट निर्धारण गर्ने छु ”   
शिवपुरी ८ थानापतिमा हाल सम्म कुनै पनि दुधसंकलन केन्द्र छैन् । किसानहरुले दुधलाई घरायसी प्रयोजनको लागि मात्र खर्च गरिरहेका थिए । डेरी सञ्चालनपछि स्थानीयबासीहरु खुसी भएका छन् ।  
थापाले डेरी व्यवसायलाई सहयोग होस भनेर आफैले पनि घरमा उन्नत जातको भैसी समेत पालन गर्न लागेका छन । भारतको सितामडीबाट करिब १ लाख २५ हजारमा एउटा भैसी ल्याएईसकिएको र अर्को चाँडैनै ल्याउने तयारी गरेको उनको भनाई छ । युवा स्वरोजगार कोषबाट स्थानीय जागरुक सहकारी मार्फत प्राप्त भएको दुईलाखरुपयाँ भैसी पालनको निम्ती लगानी गरेको थापा बताँउछन् । 
बाख्रा पालनको निम्ती शिवपुरी गाँउपालीकाको अनुदानमा हेटौंडाबाट करिब १ लाख पर्ने बोयर जातको एउटा बोका समेत ल्याईएको थापाले बताए । उनले पहिलो चरणमा १५ वटा स्थानीय खरी जातका बाख्रा पालन सुरु गरेको बताए । करिब ५० वटा बाख्रा राख्न मिल्ने गरी आधुनीक खोर निर्माण गरिएको तथा बाख्रा, बोका र खोर र्निमाणका लागि मात्र करिब ४ लाख लगानी भएको थापाको भनाई रहेको छ । स्थानीय खरी जातको बाख्रालाई उन्नत जातको बोयर बोका लगाएर नयाँ प्रजातीका पाठा,पाठी उत्पादन गर्ने उनको योजना रहेको छ । 
व्यवसायीक रुपमा पशुपालन र डेरी सुरु गर्ने सोच सहित लागेका थापालाई सुरुमानै सरकारी निकायबाटै धोका भएको बताँउछन् । सरकारी अनुदानमा डेरीका मेसीनहरु उपलव्ध हुने आश्वासनलाई कुर्दाकुदै रकमै फ्रिज भयोे तर अनुदान पाईएन । व्यवसायको सुरुवाती चरणको तितो अनुभब सुनाँउदै थापा भन्छन् “डेरीको अनुदान प्रदेशबाट दिने भनिएको थियो पछि जिल्लामा पठाएछन्, जिल्लामा समय अभाब भयो सामानको टेण्डर गर्न भ्याइंदैन भन्दै रकमनै फ्रिज गरियो” 
गाँउमा व्यवसायीकताको बिकासका निम्ती युवाहरुलाई व्यवसायमा प्रोत्साहन गर्न सरकारी निकायले सहायता गर्नुपर्ने थापा बताँउछन् । उनि भन्छन “व्यवसायीक कृषि र पशुपालनमा लाग्ने हामी जस्ता युवाहरुलाई सरकारले सरल व्याजदरमा रकम र अनुदान उपलव्ध गराउने हो भने गाँउ गाँउमा नयाँ उद्यमीहरु जन्मनेछन्”
थापाले आफनै गाँउमा व्यवसायीक पशुपालन र डेरी सञ्चालनका निम्ती काठमाण्डौंमा पसल बिक्री गरेर श्रीमती र बच्चाहरुलाई समेत गाँउमानै ल्याएको बताए । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video