स्थानीय तहको उपनिर्वाचनका उम्मेदवारको नामावली प्रकाशन  |  आज मिति २०७६ कार्तिक ३० गते शनिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  नुवाकोट क्षेत्र नं २ का संघिय संसद नारायण खतिवडा र प्रदेश सभा सदस्य केशव पाण्डेद्धारा ९ करोडको पुर्वाधार बिकास कार्यक्रम छनौट, कहाँ कुन योजना ?  |  एमविविएस परिक्षामा उत्रिण नुवाकोटको जनज्ञान माविका पुर्व विद्यार्थी ऋषिकेशलाई विद्यालयद्धारा सम्मान  |  कानुनको धज्जी उडाँउदै बेनिघाट–रोराङ गाँउपालीकाद्धारा क्रसर उद्योग दर्ता, स्थानीय बिकास मन्त्रालय भन्छ “गापालाई क्रसर दर्ता गर्ने अधिकार छैन”  |  ‘सीमा सुरक्षा सरकारका लागि सुनौलो अवसर’  |  नुवाकोटमा नौ हजार औद्योगिक प्रतिष्ठान  |  राजनीतिक आडमा ‘अपराधकर्म’  |  सहकारीलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह  |  शून्य दरबन्दीमा १२ विद्यालय
पर्यटन /बिबिध समाचार
Nov 06, 2019
सिन्धुलीगढीको प्रचार–प्रसार गर्न साइकलयात्रा
सिन्धुली,कात्तिक २० यहाँको ऐतिहासिकस्थल सिन्धलीगढीको प्रचार–प्रसारलाई सहयोग पु¥याउने उद्देश्यले साइकलयात्रा गरिने भएको छ । समृद्ध सिन्धुली अभियानले उक्त साइकलयात्रा आगामी मङ्सिर ६, ७ र ८ गर्न लागेको हो । यस वर्ष २५० किलोमिटर साइकलयात्रा हुने बताइएको छ । काठमाडौँको पशुपतिनाथबाट शुरु हुने साइकलयात्राको पहिलो दिन सिन्धुलीकै सुनकोशी गाउँपालिकाअन्तर्गत मुलकोटमा आएर समापन हुने र दोस्रो दिन यहाँको ऐतिहासिकस्थल सिन्धुलीगढीसम्म आउने तथा तेस्रो दिन सिन्धुलीमाढीदेखि जनकपुरसम्मको साइकलयात्रा हुने अभियन्ता सौरभ ढकालले जानकारी दिनुभयो । सिन्धुलीको पहिचानसँगसँगै नाम जोडिएर आउने जुनारको पनि प्रचार–प्रसार गर्न खनियाखर्कमा जुनार सुपरजोनसँग समन्वय गरेर जुनारका कक्ष राखेर प्रदर्शनी तथा महोत्सव गरिने र साइकलयात्री फर्कँदा सिन्धुलीको जुनार कोशेलीका रुपमा लैजानेसमेत उहाँले बताउनुभयो । समृद्ध सिन्धुली अभियानले विगत दुई वर्षदेखि सिन्धुलीगढीको प्रचार–प्रसार गर्ने हेतुले साइकलयात्रा, सिन्धुलीगढीमा कला शिविरलगायतका विभिन्न कार्यक्रम गर्दै आएको छ । हरिबोधनी एकादशीका दिन सार्वजनिक बिदा हरिबोधनी एकादशी तथा तुलसी विवाहका दिन यही कात्तिक २२ गते सार्वजनिक बिदा दिइएको छ । यहाँको दुधौली नगरपालिकाले शुक्रबार मनाइने हरिबोधनी एकादशीका दिन सार्वजनिक बिदा दिएको हो । नगरपालिकामा दनुवार समुदायको बाहुल्यता भएको र दनुवार समुदायले यस दिनलाई बड्की एकादशीका रुपमा विशेषपर्व मनाउने भएकाले सार्वजनिक बिदा दिइएको नगर प्रमुख धनश्याम राउतले जानकारी दिनुभयो । यस दिन दनुवार समुदायले मात्र नभई नगरक्षेत्रमा बसोबास गर्ने नगरवासीले हरिबोधनी एकादशीलाई पर्वका रुपमा मनाउने गरेकाले नगरपालिकाअन्तर्गत रहेका सम्पूर्ण कार्यालय, विद्यालय, सङ्घसंस्थामा सार्वजनिक बिदा दिइएको उहाँले बताउनुभयो । यसअघि हरिबोधनी एकादशी अर्थात् बड्की एकादशीमा गत वर्ष पनि नगरपालिकाले बिदा दिएको थियो । अघिल्लो वर्षको निर्णयलाई निरन्तरता दिइएको नगरपालिकाले जनाएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video