शिक्षा /स्वास्थ्य
Nov 28, 2019
पेशाप्रति इमान्दार बन्न स्वास्थ्यमन्त्रीको आग्रह
काठमाडौँ,  मङ्सिर १२ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालय मातहतमा सञ्चालित केन्द्रीय अस्पतालको निरीक्षण तथा अवलोकन शुरुआत गर्नुभएको छ । यसक्रममा आज उहाँले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको अवलोकन गरी स्वास्थ्यकर्मी तथा चिकित्सकलाई आफ्नो पेशाप्रति इमान्दार बनी सेवा पु¥याउन निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “मैले सुनेको छु केही स्वास्थ्यकर्मी तलब सरकारी लिन्छन्, काम निजीमा गर्दछन् । अब यो कार्य बन्द हुनुपर्छ । यसमा मन्त्रालयले प्रभावकारी अनुगमन गर्छ ।” सरकारको नीति तथा कार्यक्रममा उल्लेखित स्वास्थ्यका कार्यक्रम प्रभावकारीरुपमा कार्यान्वयन गर्न र गरीब जनतालाई अस्पतालको सेवाबाट सन्तुष्ट पार्न मन्त्री ढकालले निर्देशन दिनुभयो । उपकरण खरीद प्रक्रियालाई पारदर्शी बनाउने जानकारी पनि उहाँले दिनुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video