धर्म/संस्कृति
Dec 21, 2019
नुवाकोटको कबिलासमा ब्रह्मेश्वर वेद विद्याश्रमको गुरुकुल निर्माणका लागि सहयोग जुटाउन महायज्ञ गरिने
नुवाकोट । पुस ५ ।  श्री वैदिक  सनातन  धर्म  संरक्षण  समाजले गुरुकुल निर्माण एवं सञ्चालनको लागि काठमाण्डौंको तारकेश्वर धाम गुम्बामा  धार्मिक  अनुष्ठान गर्ने भएको छ । आज वसेको वैदिक  सनातन समाजको भेलाबाट अागामि माघ १२ गते बाट १६ गतेसम्म महायज्ञ गर्ने मिति तय गरिएको छ । देशमा  शान्ति कल्याणका साथ साथै ब्रह्मेश्वर वेद विद्याश्रमको गुरुकुल निर्माण एवं सञ्चालनको लागि आर्थिक सहयोग जुटाउन महायज्ञ गर्ने लागिएको सहसचिव शिवराम घिमिरेले जानकारी दिनुभयो । धार्मिक महत्व का बाह्र क्षेत्र मध्ये ब्रह्मक्षेत्र पनि एक भएकोले  यस क्षेत्रमा संचालन गरिएको गुरुकुलले धार्मिक पर्यटनमा  सहयोग  पुग्नुका साथै संस्कार  संस्कृतिकाे संरक्षण गर्ने व्यक्ति  निर्माणका लागि समेत गुरुकुल आवश्यक रहेको  समाजका अध्यक्ष  श्री केदारनाथ पाठकले  वताउनुभयाे । 
 विद्याश्रमले गुरुकुल कक्षा संचालनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ ।   आफ्नो भवन निर्माण नहुन्जेलसम्म  भाडाको घरमा संचालन हुने छ । गुरुकुल शिक्षा  निःशुल्क अध्ययन गर्ने पाइने समाजले जनाएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video