आज मिति २०७६ चैत्र २६ गते बुधबार,२०२० मार्च ८ तारिख हेरौं आजको राशिफल  |  ‘अभाव झेलिरहेका नागरिकलाई नेपाल फर्कने व्यवस्था मिलाउनू’: सर्बोच्च अदालत  |  भारतबाट १७३ मालबाहक गाडी भित्रिए  |  एतिहाँसीक नुवाकोटको सिन्दूरे जात्रा स्थगित  |  पसलमा भीड हुन थालेपछि ‘लकडाउन’ कडा  |  नेकपा बैठकमा प्रधानमन्त्रीबाट सरकारी कदमबारे जानकारी  |  काठमाण्डौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ५४५ सवारी नियन्त्रणमा  |  विद्यालयमा क्वारेन्टाइन सञ्चालनका लागि १२ बुँदे आचारसंहिता,के के छ आचारसंहितामा ?  |  राष्ट्रिय शैक्षिक परामर्श संघद्धारा बिदेशमा अध्ययनरत विद्यार्थीलाई सहयोग गर्न एक्सन टिम गठन  |  राहत वितरणको तस्वीर खिच्न नपाइने : नगरभित्र खाद्यान्नको एउटै दरभाउ
अर्थतन्त्र/सेयरबजार
Feb 20, 2020
विन्ध्यवासिनी हाइड्रोपावर साधारण शेयर बिक्री गर्दै
काठमाडौँ, फागुन ८   लमजुङ र कास्कीको सिमानामा निर्माण भएको रुदी खोला ए र रुदी खोला बी जलविद्युत् आयोजनाले साधारण शेयर बिक्री गर्ने भएको छ । ती आयोजनाको प्रवद्र्धक विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २५ लाख कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो । कम्पनीले लमजुङ र कास्की जिल्लाको सिमानामा बग्ने रुदी खोलामा निर्माण गरेको ८.८ मेगावाट क्षमताको रुदी खोला ए र ६.६ मेगावाट क्षमताको रुदी खोला बी गरी कूल १५.४ मेगावाट क्षमताका दुई आयोजना सञ्चालनमा छन् । प्रवद्र्धक कम्पनीका अनुसार रुदी खोला ए जलविद्युत् आयोजनाले २०७५ साल चैत र रुदी खोला बी जलविद्युत् आयोजनाले यही फागुन ४ गतेदेखि व्यापारिकरुपमा विद्युत् उत्पादन शुरु गरिसकेको छ । दुवै आयोजनाको औसत प्रतिमेगावाट लागत रु १७ करोड ५० लाख छ । कम्पनीले निष्काशन गर्न लागेको साधारण शेयरमध्ये १० लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका नागरिकलाई र बाँकी १५ लाख कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गरिनेछ । सो कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड र शेयर प्रत्याभूतिकर्ता ग्लोबल आइएमई क्यापिटल लिमिटेड छन् । कम्पनीलाई केयर रेटिङ नेपाल लिमिटेडले ग्रेड चार दिएको छ । कम्पनीले शेयर बिक्रीका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको कम्पनीका महाप्रबन्धक जनार्दन अर्यालले जानकारी दिनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video