सेना/ प्रहरी/ शशस्त्र समाचार
Mar 14, 2020
काठमाण्डौं मलमा व्यवसायी धम्काउने गुण्डाका नाइके श्रेष्ठ बिरुद्ध पक्राउ पुजी जारी
काठमाण्डौं । चैत १ । काठमाण्डौं मल सुन्धारालाई आधार इलाका बनाएर व्यवसायीहरु धम्काउने एक जना गुण्डाका नाइकेलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।
महानगरीय प्रहरी परिषर काठमाण्डौंले फागुन २८ गते  धादिङ घर भएका गुण्डा नाईके प्रकाश कुमार श्रेष्ठ विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
काठमाण्डौं मलका फेसीयल हाउस सञ्चालन गदै आउनु भएकी काठमाण्डौं उद्योग बाणिज्य संघकी कोषाध्यक्ष समेत रहेकी सुष्मा महरा सहित सुधाराका व्यवसायीहरुलाई श्रेष्ठले धम्की दिने र रकम असुल्ने काम गदै आइरहेको प्रहरीको भनाई छ । 
काठमाण्डौं महलको भवन कब्जा गर्न दाउ खोजेर बसेको श्रेष्ठ संचयकोष भवन काठमाण्डौं मल घोटला काण्डवारे भण्डाफोर गरीरहेका पत्रकार उज्वलजंग शाहलाई फिल्मी शैलीमा आक्रमण गरी शाहले लगाएको ६ तोला सुन समेत लुटेका थिए ।  
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video