प्रवासी खबर
Mar 24, 2020
कोरोनाको संक्रमणको कारण बिदेशमा दुई नेपालीले ज्यान गुमाए
काठमाण्डौं । चैत्र ११ । कोरोना भाइरसको संक्रमणको कारण प्रवाशमा दुई नेपालीले ज्यान गुमाएका छन् । कोरोनाका कारण अमेरीकामा एक र बेलायतमा एक प्रवाशी नेपालीले ज्यान गुमाएका हुन् । 
नेपाली जनसम्पर्क समिति अमेरीकाका सभापति आनन्द बिष्टका अनुसार कोरोना भाइसरको संक्रमणको कारण पाँचथरको रानीगाउँ घर भई अमेरीकाको न्युयोकमा बसोबास गदै आएका ५० बर्षीय अनिल सुव्वाको आज निधन भएको हो । बिष्टले सुव्वाको कोरोनाको कारण निधन भएको भन्दै फेसबुक मार्फत समबेदना समेत प्रकट गरेका छन् ।
सुव्वाको उपचारको क्रममा अस्पतालमा निधन भएको हो । झण्डै १५ वर्षअघि अमेरीका पुगेका सुब्बा एक छोरा र दुई छोरीसहित उनी अमेरिकामा बस्दै आएका थिए। अमेरीकामा ट्याक्सी चलाउने उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए । यस अघि कोरोना भाइरसको कारण बेलायतमा पुर्व गोर्खा शैनिक ६६ बर्षिय लिलाबहादुर राईको निधन भएको थियो । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video