गण्डकीमा थपिए ३८, सङ्क्रमितको सङ्ख्या ११३ पुग्यो  |  आर्थिक राजधानी वीरगञ्जमा पसल खुलेपछि बढ्यो चहलपहल  |  आफूखशी चार्टर उडान नगर्न क्यानको निर्देशन  |  वाग्मती प्रदेश विश्वविद्यालयमा आगामी आवदेखि शैक्षिक कार्यक्रम सञ्चालन हुने  |  डोटीको क्वारेन्टीनमा आज बिहानै एक युवकको मृत्यु  |  जनता लकडाउनमा, प्रधानमन्त्री ओली गित रचना तिर, सडकबाटै ओलीको रचना रहेको गीति एल्बम विमोचन  |  गाँउपालीकाले सुरुवात गरेको बालिका विकास बचत खाता कार्यक्रम प्रभावकारी बन्दै  |  मिति २०७७ साल जेष्ठ २५ गते आइतबार, जुन ७ तारीख हेरौं राशिफल  |  आइतबारदेखि मालपोत कार्यालय खुल्ने  |  कर्णालीमा कोरोना सङ्क्रमित ५८७ पुगे
शिक्षा /स्वास्थ्य
May 02, 2020
अज्ञात रोगका कारण महोत्तरीमा एकसाता यता ११ जनाको मृत्यु,रोग अझै पत्ता लागेन
काठमाण्डौ्र । बैशाख २० । अज्ञात रोगका कारण एकसाता यता महोत्तरीमा ११ जनाको मृत्यु भएको छ । गत मंगलबार देखि सुरु भएको उक्त रोगको कारण आज सम्म ११ जनाको ज्यान गएको हो ।  
महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले धमाधम मानिसहरुको ज्यान लिइरहेको छ । आज बर्दिवास–१२ स्थित इटाभट्ठामा काम गर्ने ५५ वर्षीय भारतीय  मोतिलाल प्रजापति र भङ्गाहा–६ जमुनियाँका ४८ वर्षीय पलट साहको मृत्यु भएपछि मृतकको सङ्ख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
बर्दिवास–१२ मेघरोल र  भङ्गाहा–७ मेघनाथ गोरहन्नामा गत मङ्गलबारयता शुक्रबारसम्म आठजनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा बर्दिवास–१२ का चार जना, भङ्गाहा–७ का छ जना र भङ्गाहा–६ का एक रहेका सो कार्यालयले जनाएको छ । ती तीनै वडाका बस्ती एकअर्कासँग जोडिएका छन् ।  भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साहले घरेलु मदिराको सेवनले ती स्थानीयको मृत्यु  हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताउनुभयो । बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले मृत्युको कारण शवपरीक्षण जाँचले निक्र्योल गर्ने जानकारी दिनुभयो । 
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आज डा अमृत पोखरेल र विश्व स्वास्थ्य सङ्गठनका डा सुदिपा खड्का र जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको टोली यी बस्तीमा पुगेको छ । टोलीले बिरामीको लक्षणबारे पाएको जानकारी र अन्य पक्षबाट समेत अनुसन्धान गरिरहेको डा पोखरेलले बताउनुभयो । 
मृतकमध्ये सिकेन्द्र सिंह र सुकदेव (सिताई) महराको शव परीक्षण गरिएको छ । परीक्षण रिपोर्ट आएपछि मृत्युको कारणबारे यकिन हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।
यसैबीच जिल्ला प्रहरी कार्यालयले मृतकमध्ये दुईको कोभिड–१९ सङ्क्रमण हो÷होइन यकिन गर्न स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि प्रयोगशाला पठाइएको जनाएको छ । “मृतकको आरडिटी जाँच परिणाम नेगेटिभ आएको छ”, प्रहरी उपरीक्षक अधिकारीले भन्नुभयो, “अब पिसिआर जाँचको र परीक्षण रिपोर्ट आएपछि यकिन हुनेछ ।”
थारु, मुसहर, चमार, बाँतर (सर्दार) सहितका जनजाति र दलित समुदायको सघन बसोबास रहेका ती बस्तीमा रहेको छ । मेघनाथ गोरहन्नामा एक साता पहिलेमात्र सीतापुर, औरही र जमुनियाँ  प्रहरी चौकीको संयुक्त गस्तीले १६ हजार लिटरभन्दा बढी मदिरा बनाउने कच्चा पदार्थ र चारवटा भट्टी नष्ट गरेको थियो ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video