हवाइ इन्धनको मूल्य घटेसँगै बुद्ध एयरले भाडा घटायो  |  मिति २०७७ साल जेष्ठ २३ गते शुक्रबार, जुन ५ तारीख हेरौं राशिफल  |  नेपालीलाई फर्काउन एनआरएनएका सबै शाखा तयारी अवस्थामा  |  निकाद्धारा शैक्षिक परामर्श व्यवसायीलाई अति प्रभावित क्षेत्रमा सुचिकृत गरी सुहलियत ऋण वा पुनरकर्जाको सुविधा दिन माग  |  ‘अप्ठेरो परिस्थितिले सङ्घीय शासन प्रणालीको औचित्य पुष्टि’  |  थप आठ प्रकारका मुद्दामा सुनुवाइ हुने  |  बन्दाबन्दीलाई थप प्रभावकारी बनाइने, प्रशासनको निष्कर्ष  |  बन्दाबन्दी खुकुलो पारेर आर्थिक चलयमान गर्नुपर्ने सुझाव  |  राष्ट्रियसभा अध्यक्षले बैठक र भ्रमण भत्ता नलिने  |  बन्दाबन्दीले राजश्व सङ्कलन प्रभावित
शिक्षा /स्वास्थ्य
May 09, 2020
प्रदेश नं १ मा आठ कोरोना सङ्क्रमित घर फर्के, १७ को उपचार हुँदै
– मनोज दाहाल

 विराटनगर, वैशाख २७ 
।  प्रदेश नं १ अन्तर्गत कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका आठ जना कोरोना सङ्क्रमित निको भइ घर फर्केका छन् ।

दुईपटक पिसीआर परीक्षणबाट रिपोर्ट नेगेटिभ आएपछि एक महिला र एक भारतीय नागरिकसहित आठ जनालाई शुक्रबार डिस्र्चाज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सङ्गीता मिश्राले जानकारी दिनुभयो ।

    केन्द्रमा उपचारमा रहेका ३१ मध्ये गत बुधबार छ र शुक्रबार ८ गरी १४ जना निको भइ घर फर्केका छन् । केन्द्रमा अहिले १७ सङ्क्रमितको उपचार भइरहेको केन्द्रका प्रमुख चिकित्सक डा दीपक सिग्देलले बताउनुभयो । यसरी घर फर्कनेमा उदयपुर जिल्लाका २० वर्षीय आजाद आलम, सोही जिल्लाका १८ वर्षीय मोहम्मद इमरान अहमद, १८ वर्षीय परवेज आलम, ४१ वर्षीय मुख्तार मियाँ, ५५ वर्षीया रोशना खातुन, विराटनगर–१७ का  ७२ वर्षीय आइनो मियाँ, सोही स्थानका ६० वर्षीय इजरायल मियाँ र भारतीय नागरिक २४ वर्षीय मोहम्मद आदिल रहेको अस्पतालले नाम सार्वजनिक गरेको छ । शुक्रबार घर फर्कनेमध्ये तीन जनाले रोजा ९व्रत ० बसेका छन् ।

निजहरु १३० दिने धर्म प्रचारका लागि नेपालका विभिन्न मस्जिदमा पुग्नुका साथै उदयपुरको त्रियुगा नगरपालिका–१९ स्थित भुल्केको मस्जिदमा सङ्क्रमित भएका थिए । उनीहरुलाई स्वाब परीक्षणबाट कोभिड–१९ सङ्क्रमित भएपछि यही वैशाख ८, ९ र १० गते उपचारका लागि केन्द्रमा ल्याइएको थियो । निको भइ घर फर्केकामध्ये सात जनालाई विराटनगर–१५ स्थित रानी मर्कज मस्जिदमा १४ दिन क्वारेन्टाइन राखिएपछि स्वाब परीक्षण गरिने अस्पतालका मेसु डा मिश्राले जानकारी दिनुभयो ।

यस्तै एक महिलालाई उदयपुरको होम क्वारेन्टाइनमा जनप्रतिनिधि र चिकित्सकको निगरानीमा राख्ने व्यवस्था गरिएको छ । सामाजिक विकासमन्त्री जीवन घिमिरेले पूर्व सङ्क्रमितलाई बिदाइ गर्दै सरकारको अबको रणनीति भनेको तीन ‘टी’ अन्तर्गत ट्र्याकिङ, टेष्टिङ र ट्रिटमेन्ट रहेको जानकारी दिनुभयो । उहाँले मन्त्रालयअन्तर्गतको स्वास्थ्य शाखाका प्रमुख डा सुरेश मेहताको संयोजकत्वमा एक कमिटी गठन गरी  प्रदेशका सबै स्थानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा होम क्वारेन्टाइन व्यवस्था गरी अनुगमनको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
    
अस्पतालका मेसु डा मिश्राले अस्पतालमा उपचारमा रहेका सङ्क्रमित सबैको अवस्था सामान्य रहेको र उनीहरुले अगाडिदेखि प्रयोग गरिरहेको उच्च रक्तचाप, मधुमेह बिरामीलाई औषधि निरन्तरता दिनुका साथै साधारण औषधि प्रयोग गरिएको छ भन्नुभयो । केन्द्रका उपचारार्थ रहेका १७ जनाको आगामी हप्ता स्वाब परीक्षण गर्ने जनाइएको छ ।

केन्द्रका २५ स्वास्थ्यकर्मीको पिसीआर रिपोर्ट नेगेटिभ

        कोशी अस्पताल उपचार केन्द्र विराटनगरमा गत वैशाख ५ गतेदेखि सङ्क्रमित बिरामीको उपचारमा खटिएका २५ स्वास्थ्यकर्मीको टोली आज घर फर्केका छन् । सामाजिक विकासमन्त्री जीवन घिमिरे, मन्त्रालयका सचिव रविलाल पन्थ, कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सङ्गीता मिश्रालगायतले इष्टर्न स्टार होटलको क्वारेन्टाइनमा रहेका स्वास्थ्यकर्मीको टोलीलाई शुक्रबार बिदाइ गर्नुभयो ।

    केन्द्रमा  पहिलो चरणमा डा डेनप्रसाद आचार्यको नेतृत्वमा २५ स्वास्थ्यकर्मीको टिम रहेको थियो । केन्द्रमा  सात दिन बसेको टिम १४ दिन क्वारेन्टाइनमा बसेर आज डिस्चार्ज भएको हो । सामाजिक विकासमन्त्री घिमिरेले चिकित्सकको साहसका कारण कोरोनालाई परास्त गर्न सफल भएको बताउँदै प्रदेश सरकारले यसको उपचारका लागि गरेको कामको सङघीय सरकार र अन्य प्रदेश सरकारहरुले चासोका साथ लिएको धारणा राख्नुभयो ।

उहाँले  अवश्यकता परेको खण्डमा पुनः सेवा दिन चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो । डिस्चार्ज हुनुअघि सबै स्वास्थ्यर्मीको गरिएको थ्रोट स्वाब ९पिसीआर० परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो ।

शिव मन्दिर युवा समूहद्वारा दैनिक ७५० लाई खाना खुवाउँदै

विराटनगर महानगरपालिका–६ स्थित शिवमन्दिर युवा समूहले बन्दाबन्दीबाट प्रभावित भएका विराटनगरका ७५० जनालाई दैनिक खाना खुवाउँदै आएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि लागू गरेको देशव्यापी बन्दाबन्दीबाट प्रभावित बनेका परिवारलाई गत चैत २० गतेदेखि युवा समूहका नारायण बराल र गणपत मित्रु नेतृत्वका टोलीले खाना खुवाउने अभियान शुरु गरेका हुन् ।

पहिलो चरणमा दैनिक ११३ जनाबाट खाना खुवाउन शुरु गरिएको अभियान अहिले वृद्धि भई ७५० जना पुगेको छ । युवा समूहका नारायण बरालले १२८ गरिब तथा विपन्न घरपरिवारलाई र बिनाकुपन शिव मन्दिर मार्गको भान्साबाट २१५ जनालाई खाना वितरण गर्ने गरिएको बताउनुभयो । यसअघि नोबेल अस्पताल र विराट मेडिकल कलेजका ६५० जना बिरामीका कुरुवालाई दैनिक खाना उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो ।
 
    युवा समूहले शुरु गरेको खाना वितरण अभियानमा अहिले उद्योगी, व्यापारी,  छरछिमेकी तथा तथा विराटनगर घर भइ विदेशमा नेपालीबाट सहयोग जुट्न थालेको बरालले बताउनुभयो । दैनिक बिहान साढे ९ देखि ११ बजेसम्म खाना वितरण गरिसक्ने शिव मन्दिर युवा समूहका गणपत मित्रुकाले बताउनुभयो । गरिब, विपन्न घरपरिवार तथा सडकपेटीमा रहेकालाई भोकै बस्नु नपरोस् भन्नका लागि खाना खुवाउने कार्य सञ्चालन गरिएको हो  ।
–––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video