गण्डकीमा थपिए ३८, सङ्क्रमितको सङ्ख्या ११३ पुग्यो  |  आर्थिक राजधानी वीरगञ्जमा पसल खुलेपछि बढ्यो चहलपहल  |  आफूखशी चार्टर उडान नगर्न क्यानको निर्देशन  |  वाग्मती प्रदेश विश्वविद्यालयमा आगामी आवदेखि शैक्षिक कार्यक्रम सञ्चालन हुने  |  डोटीको क्वारेन्टीनमा आज बिहानै एक युवकको मृत्यु  |  जनता लकडाउनमा, प्रधानमन्त्री ओली गित रचना तिर, सडकबाटै ओलीको रचना रहेको गीति एल्बम विमोचन  |  गाँउपालीकाले सुरुवात गरेको बालिका विकास बचत खाता कार्यक्रम प्रभावकारी बन्दै  |  मिति २०७७ साल जेष्ठ २५ गते आइतबार, जुन ७ तारीख हेरौं राशिफल  |  आइतबारदेखि मालपोत कार्यालय खुल्ने  |  कर्णालीमा कोरोना सङ्क्रमित ५८७ पुगे
शिक्षा /स्वास्थ्य
May 10, 2020
कोरोरा संक्रमणको जोखिम बढ्यो, क्वारेन्टाइन बसेकालाई विनापरीक्षण घर पठाइँदै
काठमाण्डौं । बैशाख २८ । –यापिड डाइग्नोष्टिक टेष्ट ९आरडिटी० किट सकिएकाले रुकुम ९पूर्व० मा  क्वारेन्टाइनमा बसेकाहरुलाई जाँचविना नै घर पठाउन थालिएको छ ।  प्रदेश सरकारले पठाएको किट सकिएपछि जाँचै नगरी क्वारेन्टाइनमा बसेकाहरुलाई घर पठाउन थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ । 
किटको अभावपछि क्वारेन्टाइनमा बसेकाहरुको थर्मल गनले ज्वरो नाप्दै घर पठाउने गरिएको छ । भूमे र पुथाउत्तरगंगा गाउँपालिकाले निर्माण गरेका विभिन्न क्वारेन्टाइनमा बस्दै आएका दुई सयभन्दा बढी व्यक्तिलाई जाँचविनै घर पठाइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवप्रसाद शर्माले बताउनुभयो । 
क्वारेन्टाइनबाट घर पठाइएका उनीहरुलाई होम क्वारेन्टाइनमै बस्न भनिएको छ ।  प्रशासन कार्यालयको तथ्याङ्कानुसार १६५  नागरिक विदेशबाट भित्रिए पनि १२९ जनाको मात्र आरडिटी  गरिएको छ ।  कोरोना परीक्षणका लागि प्रदेश सरकारले १६० वटा मात्रै किट पठाएको थियो । त्यसमध्ये १२९ जनाको आरडिटी गरिएको र ३१  किट आकस्मिक अवस्थाका लागि राखिएको छ । प्रदेश सरकारसँग किट माग गरिए पनि अहिलेसम्म नपठाइएको शर्माले बताउनुभयो ।
स्वास्थ्यचौकी भवन शिलान्यास 
सिस्ने गाउँपालिका वडा नम्बर ६ ढकालबारामा स्वास्थ्यचौकी भवन शिलान्यास गरिएको छ । कोठे स्वास्थ्यचौकी भवन गाउँपालिका अध्यक्ष कुमारी बरालले आज शिलान्यास गर्नुभएको हो । एक वडा एक स्वास्थ्यचौकी निर्माण गर्ने सरकारको लक्ष्यानुसार भवन निर्माण हुन लागेको हो । 
जनतामा उपचारको पहुँच विस्तारका लागि स्वास्थ्य संस्था नभएका वडामा स्वास्थ्य संस्था निर्माणको काम भइरहेको छ । ढकालबाराका चन्द्रबहादुर र धनबहादुर बुढाथोकीले निःशुल्क जग्गा उपलब्ध गराएपछि भवन निर्माण थालिएको गाउँपालिका अध्यक्ष बरालले बताउनुभयो ।  स्वास्थ्यचौकीको भवन निर्माणका लागि एमबी ग्रुप कम्पनीले रु ३२ लाखमा ठेक्का लिएको छ । कम्पनीसँग यही असार मसान्तभित्र काम सम्पन्न गरिसक्ने गरी सम्झौता भएको छ । आफ्नो गाउँमै स्वास्थ्यचौकी स्थापना हुने भएपछि स्थानीयवासी खुशी  छन् । यसैगरी गाउँपालिकाका वडा नम्बर ४ र ७ मा पनि स्वास्थ्यचौकी भवन निर्माणको काम शुरु भइसकेको छ ।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video