सेना/ प्रहरी/ शशस्त्र समाचार
May 12, 2020
घाँटी रेटीएको अवस्थामा आज बिहानै एक युवकको शव भेटीयो, युवकको पहिचान खुल्न सकेन
काठमाण्डौं । बैशाख ३० । घाँटी रेटिएका अवस्थामा आज बिहान एक युवकको शव भेटीएको छ । सिरहाको लहान नगरपालिका–१७ मा एक पुरूषको शव फेला परेको हो । स्थानीयवासी ४० वर्षीय मोहम्मद सरिफ मियाँको घर नजिकै शव फेला परेको प्रहरीले जनाएको छ । हत्या भएका युवकको पहिचान खुल्न सकेको छैन् । 
मियाँको शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल ल्याउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक शरतकुमार क्षेत्री थापाले जानकारी दिनुभयो ।  शवको प्रकृति हेर्दा गएराति नै मियाँको हत्या गरिएको हुनसक्ने उहाँले बताउनुभयो । हत्या कसले र किन गरेको विषयमा केही खुल्न सकेको छैन । घटनास्थलमा तालिमप्राप्त कुकुरसहितको टोली आउन लागेको र  थप अनुन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video