प्रमुख समाचार
May 19, 2020
सरकारले डिजाइन गरेको नयाँ नक्सा २२ महिना अघिनै देशभक्त गणतान्त्रीक मोर्चाले तयार गरेको दावी
काठमाण्डौं । जेष्ठ ७ । नेपाल सरकारले जारी गर्ने तयारी गरेको लिपुलेक, लिम्पीयाधुरा र कालापानी सहितको नक्सा यस अघिनै डिजाईन भइसकेको दावी गरिएको छ । 
देशभक्त गणतान्त्रीक मोर्चाले उक्त नक्सा २२ महिना अगाडीनै तयार गरेर सार्वजनीक गरिसकीएको मोर्चाका नेता बन्धुदेव पाण्डेले बताउनुभयो । 
मोर्चाको भोजपुर कार्यसमितिले तयार गरेको नक्सामा हाल भारतले कव्जा गरेको सबै भुभागहरु स्पष्ट राखिएको छ । 
सरकारले जारी गर्ने तयारी गरेको नक्साबारेमा मोर्चाका नेता, बामबुद्धिजिवि बन्धुदेव पाण्डेले फेसबुका लेख्नुहुन्छ “२२ महिना अघि नै देशभक्त जनगणतान्त्रिक मोर्चा,नेपालले शुरु गरेको नेपालको वास्तविक नक्सा आज सरकारले डिजाइन त गर्याे । अव यसै वर्षको विद्यार्थी अध्ययन पाठ्यपुस्तक, सभासद्को लोगो, सरकारी निसान लगायत अन्य सम्पूर्ण वस्तुहरूमा समावेश नगरिएसम्म यो कार्य अधुरै रहन्छ । तसर्थ सरकारलाई धन्यवाद सहित, नक्सा प्रकाशित यथासिघ्र गरियोस् । नक्सा प्रकाशित गर्न अवरोध र्पुयाउने सभासदहरूलाई यथासीघ्र कारवाही पनि गरियोस् !!! ”
No photo description available.
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video