सेना/ प्रहरी/ शशस्त्र समाचार
Feb 21, 2018
६ ‘इन्काउन्टर’, ५ जनाको मृत्यु

काठमाडौं। अभियुक्त वा अपराधी नियन्त्रणमा लिनेक्रममा प्रहरीले गर्ने ‘इन्काउन्टर’ बेला–बेलामा चर्चामा रहन्छ । दुई समूह वा व्यक्तिबीचको हातहतियारसहितको जम्काभेटलाई अपराधको दुनियाँमा ‘इन्काउन्टर’ अर्थात् ‘मुठभेड’ भनिन्छ । मनोज पुन प्रहरीको ‘इन्काउन्टर’मा पर्ने पछिल्लो पात्र हुन । यसअघि आपराधिक दुनियाँका ‘कुख्यात’ पात्र ‘इन्कारउन्टर’को शिकार भइसकेको छन् । एक

प्रहरी ऐन २०१२ को संशोधित व्यवस्था र निर्देशिकामा ‘इन्काउन्टर’को प्रावधान छैन । नेपालको विद्यमान ऐन÷ कानूनमा अभियक्तलाई कानूनी दायरामा ल्याएर अदालतको निर्णयअनुसार सजाय गर्ने व्यवस्था छ । प्रहरी ऐन २०१२ को दफा १३ ले प्रहरी कर्मचारीले कानूनले दिएको अख्तियारभन्दा बढी अधिकार प्रयोग गर्न नपाउने स्पष्ट व्याख्या गरेको छ । मुलुकी र फौजदारी ऐनजस्ता कुनै पनि कानूनमा ‘इन्काउन्टर’ प्रकृतिको प्रावधान छैन । तर, आफूमाथि आइलागेपछि प्रतिरक्षाका लागि भन्दै प्रहरीले ‘इन्काउन्टर’को अभ्यास भने गरिरहेको छ । बढ्दो प्रबृत्तिले ‘इन्काउन्टर’ कानूनी हो वा होइन भन्ने बहसलाई सतहमा ल्याएको छ ।

झण्डै सात वर्षअघि काठमाडौंका तत्कालिन प्रहरी प्रमुख पुष्कर कार्कीले साना हतियार नियन्त्रण गर्न ‘स्पेशल स्क्वायड’का नाममा अप्रेशन चलाएका थिए । त्यसमा पनि ‘इन्काउन्टर’को अधिकार थिएन । पक्राउ गर्नेक्रममा अभियुक्त भाग्न खोजे घुँडाभन्दा मुनी गोली हान्न सक्ने अधिकार भने प्रहरी दिइएको छ । त्यसैलाई आधार बनाएर प्रहरीले यस्ता अप्रेशन गर्दै आएको छ । पछिल्लो चार बर्षमा प्रहरीले गरेको ६ ‘इन्काउन्टर’मा पाँच व्यक्ति मारिएका छन् । डिल्लीबजार कारगारबाट भोगेका टीकाबहादुर थापामगर त्यस्ता भाग्यमानी हुन्, जो माघ १३ गते चितवनको भरतपुरमा ‘इन्काउन्टर’ परेपनि बाँच्न सफल भए ।

चर्चित पछिल्ला ‘इन्काउन्टर’

– दिनेश अधिकारी ‘चरी’ :२०७१ साल साउन २१ गते काठमाडौंको भीमढुंगा (मृत्यु)
– कुमार श्रेष्ठ ‘घैंटे’ :२०७२ साल भदौ ३ गते काठमाडौंको सामाखुसी (मृत्यु)
– जसवन्त राई : २०७३ साल ९ गते काठमाडौंको बबरमहल (मृत्यु)
– प्रवीण खत्री :२०७४ साउन २३ गते ललितपुरको कुसुन्ती (मृत्यु)
– टीकाबहादुर मगर : २०७४ माघ १३ गते चितवनको रामनगर (बाँच्न सफल)
– मनोज पुन :२०७४ फागुन ९ गते रुपन्देहीको विजयपुर (मृत्यु)

पछिल्लो चार वर्षमा कुख्यात डाँकादेखि भारतीय अन्डरवल्र्डसम्म पुहँच बनाएका गुन्डा नाइके प्रहरी ‘इन्काउन्टर’मा परेका हुन् । अपराधीको पनि बाँच्न पाउने अधिकार हुन्छ भन्ने मान्यतालाई ‘इन्काउन्टर’ले खण्डन गरेपनि यो प्रबृत्तिगत रुपमा निरन्तर रहने हो कि भन्ने चिन्ता अधिकारकर्मीले व्यक्त गर्न थालेका छन् । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video