कृषि/प्रविधि
Feb 22, 2018
एक कल फोन गर्न दुई दिनको पैदल

१० फागुन । नेपाल टेलिकमका देशभर जिएसएमका १ करोड ६५ लाख र सिडिएमएका १६ लाख तथा एनसेलका १ करोड ३० लाख प्रयोगकर्ता छन् । तर, ३ लाख ८८ हजार जनसंख्या रहेको कर्णालीमा भने फोन गर्न दुई दिनसम्म हिँड्नुपर्ने बाध्यता छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

हुम्लाका १९ गाउँ टेलिफोन सेवाबाट बञ्चित छन् भने उपल्लो डोल्पाका तीन गाउँपालिकाको धो गाउँमा एउटा फोन छ, जहाँ अन्य गाउँका बासिन्दा दुई दिन हिँडेर टेलिफोन गर्न आउँछन् । धो गाउँका बासिन्दाले पनि आफ्नै लगानीमा फोन जोडेका हुन् । मुगुका बासिन्दाले आफन्तसँग एक कल फोन गर्न दुई दिनसम्म हिँड्नु पर्छ ।

यहाँका ६० प्रतिशत परिवार अहिले पनि टेलिफोन सेवाको पहुँचबाहिर छन् । ११ वडा रहेको सोरु गाउँपालिकामा नेपाल टेलिकमको एउटा मात्रै टावर छ । त्यसले सीमित ठाउँसम्म मात्र काम गर्ने भएकाले स्थानीय बासिन्दा एक दिनसम्म हिँडेर फोनस्थल पुग्छन् ।

यहाँका दर्जनौं गाउँमा टेलिफोन सुविधा छैन । टेलिफोन सेवा भएका दुईवटा वडामा पनि घरभित्र बसेर सम्पर्क हुँदैन । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video