खाना पकाइरहेकी श्रीमतीलाई आगो लगाएर हत्या गर्ने अपराधी श्रीमान पक्राउ  |  कारागारको क्षमताभन्दा दोब्बर कैदीबन्दी  |  शैक्षिक संस्थाले अनुशासित नागरिक तयार गर्नुपर्छ : सामाजिक विकास मन्त्री पुन  |  आज मिति २०७६ माघ १३ गते सोमबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  सापकोटा विरुद्धको निवेदन सुनुवाइ सोमबार  |  पोखरा विमानस्थलबाट एक जना गोलीसहित पक्राउ  |  ‘जनता र सांसदको आवाज उठाउने मञ्च बनाउनुपर्छ’  |  अरुण जलविद्युत् आयोजनास्थलमा बम विस्फोट  |  लोकतन्त्रको मूल्यमान्यता र आदर्शलाई कायम गर्नेछु : सभामुख सापकोटा  |  ६७औँ कुष्ठरोग दिवस : अझै पनि खुल्न सक्दैनन् कुष्ठरोगी
स्थानीय सरकार
Jul 22, 2018
नगर प्रमुखमाथि कारवाहीको माग गर्दै चक्काजाम
 लहान, साउन ६ ।  कर्जन्हा नगरपालिकाका प्रमुख गंगा पासवानले आफ्नै कार्यालयका कर्मचारीलाई कुटपिट गरेको भनी विरोधस्वरुप स्थानीयवासीले आज बिहान पूर्वपश्चिम राजमार्गस्थित सिरहा बस्तीपुरमा चक्काजाम गरेका छन् । 

नगर प्रमुख पासवानलाई जबर्जस्ती काम गर्न दबाब दिँदै नगरपालिकाका कर्मचारी बलिराम यादवमाथि कुटपिट तथा दुव्र्यवहार गरेको आरोप लागेको छ । स्थानीयवासीले बिहान ८ बजेदेखि आधा घण्टा चक्काजाम गरेका हुन् । चक्काजामका कारण पूर्व र पश्चिमबाट आएका सवारी साधन बाटामै रोकिएका थिए । 

स्थानीयवासीले चक्काजाम गरेपछि इलाका प्रहरी कार्यालय मिर्चैया र कर्जन्हाबाट खटिएको प्रहरी टोलीले हस्तक्षेप गरी बाटो खोलाएको थियो । नगरपालिकाले खरिद गरेको माटो खन्ने जेसिबी गाडीको भ्याट बिलविना नै भुक्तानीका लागि कागजपत्र तयार पार्न भनेको र नमानेका कारण आफूमाथि नगर प्रमुखले कुटपिट गरेको नगरपालिकाका जिन्सी तथा प्रशासन शाखा प्रमुख यादवले आरोप लगाउनुभयो । 

नगर प्रमुख पासवानलाई कारवाही गर्नुपर्ने मागसहित आफूहरुले चक्काजाम गरेको स्थानीयवासी तथा नयाँ शक्ति पार्टीका नेता प्रभात महतोले जानकारी दिनुभयो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video