मनाेरञ्जन/रोचक
Jul 25, 2018
सफलताको सूत्र [ FORMULA FOR SUCCESS]
  आजको २१औ शताब्दीमा प्रत्येक मानिस आर्थिक , सामाजिक अनि आध्यात्मिक रूपमा सफल बन्न चाहन्छ, सूचना प्रबिधिको विकासले हर मानव जातिको आफ्नो काम काजीलाई निकै सहज पारीदिएको छ । त्यस्तै आजको प्रतिस्पर्धी समयमा हर कोही आफ्नो लछ्य सम्म पूग्न केहि जान्न र सिक्न चाहन्छन् । तपाईको लछ्य सम्म पूग्नको लागि केही सबल र सफल सूत्रहरू उल्लेख गरिएको छ, बिश्वास छ यी सूत्रहरूले तपाईको जिवनमा सकारात्मक परिणाम ल्याउनेछ आउनूहोस यी सूत्रहरू संग आत्मसात गरौ । १) आफ्नो सम्भावनाको पहिचान ( Realize Your Potential) कूनै पनि सफल कामको लागि यो जान्नू जरूरी छ कि त्यो चिज सम्म पूग्नको लागि आफू संग त्यस प्रकारको सामर्थ्य छ या छैन। उदाहरण: यदि सफल गायक बन्नू छ भने प्राथमिक स्वर र लगाव छ कि छैन। कूनै पनि छेत्रमा सफल बन्न आफू संग कून प्रकारको प्राथमिक खूबी छ त्यसको पहिचान गरी आगाडि बढ्नूहोस। २) पछाडि नहेरौ। (Don't look back) कूनै पनि व्यक्तिले भूतमा अवस्यनै असफलता भोगेको हून्छनै त्यही असफलताबाट सिकी अगाडि बढ्नूहोस नकि पूरानै असफलतामा अड्की बस्ने । असफलता नै सफलताको खूड्किलो हो । यस परिस्थीतिलाई नया प्याराडाइमले सोच्नूहोस । ३) सपना देख्ने साहस गरौ । जिवनमा उच्चतम सफलता पाउन सपना देख्न जरूरी छ । संसारमा सपना देख्नेलेनै उच्चतम सफलता हासिल गरेका छन् । जस्तै: बिल गेट्स, स्टिब जब्स, जेफ बेजोस्, अनिल शाह, बिनोद चौधरी आदि । ठूलो सपना देख्ने आॅट गर्नूहोस ४) ब्यबसायिक योजना (Business Plan) सर्वप्रथम एक व्यबसायिक योजना तयार गर्नूहोस जसमा वस्तू र बजारको विष्लेषण लगायत त्यसको आय ब्ययको प्रस्त लिखित योजना तयार गर्नूहोस ताकि लगानीकर्ताले सजिलै बूझ्न सकियोस् । ५) आत्मसझाव , समर्थन मोहम्मद अलि महान मूक्कवाज खेलाडी उनले खेल खेल्नू अगाडि " म सर्वश्रेष्ठ खेलाडी हू , म सर्वश्रेष्ठ छू" भनेर आफूलाई तयार गर्थे । जव तपाई जिवनमा थाक्नू हून्छ जोरले यो वाक्यलाई भन्नूहोस "म गर्न सक्छू , म महान सफल व्यक्ति हू" यो वाक्य दैनिक ऐना अगाडि बिहान बेलूका भन्नूहोस यसो गर्नाले तपाईमा आत्मबिश्वास बढेर जानेछ, अनि तपाईको सफल जिवनको ग्राफ पनि उकालो लाग्नेछ। ६) कहिल्यै हार नखानूस् काममा सफलता पाउन निरन्तर काममा जूटीरहनू पर्दछ। थोमस एडिसनले बल्बको आबिस्कार गर्दा ९९९ पटकसम्म प्रयोग जारी गर्नू परेको थियो ।अत: आफ्नो काममा कठिनाई आईपर्दा छोड्ने हैन समालोचनात्मक ढंगले अगाडि बढ्नूहोस । ७) वरिपरीको वातावरण परिवर्तन गर्नूहोस । ( Change your Circumstance) तपाईको आफनो वरिपरीको साथी भाईको संगत परिवर्तन गर्नूहोस् । तपाईको लछ्यसंग सम्बन्धित वातावरण तयार गर्नूहोस् जस्तो साथीभाई, पत्र पत्रिका, उत्प्ररणामूलक किताब आदिको बानी बसाल्नूहोस् । ८) जिम्मेवार स्विकार ( Accept Responsibility) तपाईको सफलता वा असफलता जिम्मेवारको भागीदार हूनूहोस् । यसो गर्नाले तपाईको कमी कमजोर थाहा पाईन्छ जसको कारणले तपाईलाई फेरी अगाडि बढ्न थप मद्दत पूग्नेछ । ९) सिक्नको लागि सधै तयार हूनूहोस । ( Keep Learning) एक पटक थोमस एडिसनलाई एक पत्रकारले उनको अन्तर्वाता लिदा " तपाई ९९९ पटक असफलका बावजूद पनि सफलता हासिल गर्नूको कारण ? उनी जवाफ दिन्छन् " कहा म असफल भएको हो र मैले ९९९ तरिका पो पत्ता लगाएको बल्ब नबल्ने ।उनी सधै आफनो काममा सिकी रहेकै खूलासा गरेका थिए । तपाई पनि सधै केहि न केहि सिकने र जान्ने दृष्टिकोण बनाई रहनूहोस् । १० अभिप्रेरित रहनूहोस ( Stay Motivate) जव ठूलो लछ्यको लागि अगाडि बढ्दै गर्दा अभिप्रेरित रहिरहन आवश्यक रहन्छ। आत्मबिश्वास र हिम्मत बढाउने ट्रेनिड़ सेमिनार , पूस्तक , फिल्म हेर्नूहोस पढ्नूहोस लिनूहोस । सन्तोष लामा मोटिभेसनल स्पिकर, अद्यक्ष, रोडम्याप सक्सेस प्रालि


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video