पशुपती शर्माको भन्दा कडा गित निस्कीयो, लेख्न सके लेख कान्छा लेख्न सके लेख,एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश  |  काठमाण्डौंमै आज बिहान राँगोले हानेर मर्निङवाकमा निस्कीएका मानिसको मृत्यु  |  नक्खुको बम बिस्फोटमा घाइते गुरुङको निधन, अन्य दुई घाइतेको अवस्था यस्तो छ  |  आज फागुन ११ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  ललितपुरमा बम बिस्फोट पछि कमलपोखरीमा पनि बम भेटीयो, सर्वसाधारण त्रसीत  |  ललितपुरमा एनसेल कार्यालय अगाडी बम बिस्फोट ३ जना घाइते, बिस्फोटमा परी एक गम्भीर  |  राष्ट्रपतिको सवारी सुरक्षाका लागि कारगेट मोटरसाइकल किन्न प्रहरीलाई १४ करोड निकासा  |  ५ सय ७० का लागि कतार एयरलाइन्समा रोजगारीको अवसर, झण्डै १ लाख सम्मको तलब, प्रि अन्तरवार्ता सुरु  |  राधिका शाक्यको दैनिकी  |  लागुऔषध सहित २ जना नियन्त्रणमा
प्रवासी खबर
Sep 05, 2018
धर्मगुरु अल–अवदालाई मृत्युदण्ड दिन सुझाब
 रियाद, साउदी अरब, भदौ १९  (रासस÷एएफपी) ः साउदी अरबका सरकारी कानूनी अधिकारीले साउदी अरबमा सन् २०१७ मा पक्राउ गरिएका मुसलमान धर्मगुरु शेख सलमान अल–अवदाविरुद्धको मुद्दामा मङ्गलबार सुनुवाई गर्दै उहाँलाई मृत्युदण्ड दिनुपर्ने बताएका यहाँका सञ्चारमाध्यमले जनाएका छन् । 

अवदाविरुद्ध विभिन्न ३७ आरोप दर्ता गरिएको सरकार पक्षधर ओकाज पत्रिकालगायतका सरकार निकट अन्य सञ्चारमाध्यमले बिस्तृत विवरण नदिइकनै जानकारी गराएका छन् । 
अवदा लगायतका २० जनालाई सन् २०१७ को सेप्टेम्बरमा कट्टरपन्थी अनुदारवादी राज्यमा फैलिएको विद्रोहमा दोषी भएको आरोपमा पक्राउ गरिएको थियो । 
यसबारे सरकारी अभियोजकको कार्यालयले कुनै प्रतिक्रिया जनाइसकेको छैन । 
मध्यपूर्वी मानव अधिकार अनुगमनबारे अनुसन्धान गरिरहेका आदम कुगलले ट्वीटमार्फत् भन्नुभएको छ, साउदी अरबका सरकारी अभियोजकहरूले ख्यातिप्राप्त मुसलमान धर्मगुरु सलमान अल–अवदालाई मृत्युदण्ड दिन खोजेको भन्ने सूचनाहरू बाहिरिएका छन् । यसबारे बिस्तृत विवरणहरू भने आइसकेका छैनन् । 
उहाँले भन्नुभयो, “यस किसिमका मुद्दामा मृत्युदण्ड दिने भनेको विरोधी आवाज नियन्त्रणको दयनीय अवस्था हो ।” 
अल–अवदा जेलमा बिरामी बनेपछि पश्चिमी शहर जेदाहका उपचाररत हुनुहुन्छ । उहाँलाई जेलमा पाँचमहिनासम्म जेलमा एकान्तमा राखेको उहाँका पारिवारिक स्रोतलाई उद्धृत गरी एम्नेस्टी इन्टरनेशनलले जनाएको छ । 
उहाँलाई परिवार लगायतका कसैसँग भेट्ने अबसर नदिइएको मानव अभिकारवादी संघसंस्थाहरूले जनाएका छन् । 
एम्नेष्टी इन्टरनेशनलका अनुसार साउदी अरब र कतारबीच सम्भावित पुनःमिलनको सूचनालाई स्वागत गरी ट्वीट गरेको केही घण्टामा अवदालाई पक्राउ गरिएको थियो । 
साउदी अरब लगायतका अन्य खाडी मुलुकले अतिवादी इस्लामिक समूहलाई सघाएको आरोपमा कतारसँगको कुटनीतिक तथा आर्थिक सम्बन्ध तोडेका थिए । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video