नेपाल प्रहरीका ६४ इन्सपेक्टर डिएसपी बढुवाको सिफारीसमा, को को भए सिफारीस ?  |  अस्ट्रेलीयामा नेपाली विद्यार्थी अलपत्र बारेमा नेपाल सरकारका पुर्व सचिब उपाध्यायको बिचार यस्तो  |  दाउरा काटन जंगल गएकी महिलालाई बलत्कार गर्ने एक पक्राउ  |  पशुपती शर्माको भन्दा कडा गित निस्कीयो, लेख्न सके लेख कान्छा लेख्न सके लेख,एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश  |  काठमाण्डौंमै आज बिहान राँगोले हानेर मर्निङवाकमा निस्कीएका मानिसको मृत्यु  |  नक्खुको बम बिस्फोटमा घाइते गुरुङको निधन, अन्य दुई घाइतेको अवस्था यस्तो छ  |  आज फागुन ११ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  ललितपुरमा बम बिस्फोट पछि कमलपोखरीमा पनि बम भेटीयो, सर्वसाधारण त्रसीत  |  ललितपुरमा एनसेल कार्यालय अगाडी बम बिस्फोट ३ जना घाइते, बिस्फोटमा परी एक गम्भीर  |  राष्ट्रपतिको सवारी सुरक्षाका लागि कारगेट मोटरसाइकल किन्न प्रहरीलाई १४ करोड निकासा
राजनीति
Sep 08, 2018
‘द्विपक्षीय सम्झौता कार्यान्वयनमा जोड’
 काठमाडाँै, भदौ २२  ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतका उच्चतहको नेतृत्वले गरेका द्विपक्षीय सम्झौता समयमै कार्यान्वयनमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । 

भारत भ्रमणमा रहनुभएका अध्यक्ष दाहालले विश्वमामिलासम्बन्धी भारतीय परिषद् (आइसीडब्लुए)ले आज नयाँ दिल्लीमा आयोजना गरेको ‘हालैको नेपालको विकास र नेपाल–भारत सम्बन्धको विस्तार’ सम्बन्धमा प्रवचन दिँदै उहाँले यसका लागि तल्लोस्तरदेखि नै सकारात्मक तवरले काम शुरु भएको बताउनुभयो । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो देश नेपाल चारपटक भ्रमण गरेकामा खुशी व्यक्त गर्दै पूर्वप्रधानमन्त्री दाहालले उच्चस्तरको भ्रमण नेपाल–भारतबीचको सम्बन्धमा ऐतिहासिक रुपमा रहने बताउनुभयो । 

उहाँले दुई देशबीचको विकासका लागि अन्तरदेशीय पूर्वाधारलाई उच्चप्राथमिकता राख्न उपयुक्त हुने बताउनुभयो । उहाँले छिट्टै सञ्चालनमा आउने अन्तरदेशीय रेल सञ्चालनबाट व्यापार, पारवाहन तथा जनताको आवतजातवमा सहज हुने विश्वास व्यक्त गर्नुभयो । 

मुख्य सीमा बिन्दुमा सडकको स्तरोन्नति गर्नुपर्ने विचार व्यक्त गर्दै अध्यक्ष दाहालले नेपालसँग भएको जलविद्युत्को क्षमता र भारतको आवश्यकताबीचमा मुख्य सहकार्य हुनुपर्नेमा जोड दिनुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । 

नेपाल र भारत दुवै पक्ष सम्बन्धलाई २१ औं शताब्दीअनुसार स्तरउन्नती गर्दै उहाँले लैजानुपर्नेमा सहमत भएको र यसले प्रबुद्ध व्यक्ति समूह(इपिजी)ले दिएको सुझाव कार्यान्वयन गरिनुपर्ने बताउनुभयो । 

द्वीपक्षीय सम्बन्ध, समानता, आपसी सम्मान र आपसी फाइदा र अहस्तक्षेपकारी नीति नेपालले अ¬ङ्गीकार गरेको बताउँदै अध्यक्ष दाहालले नेपालको शान्त, स्थायी, समृद्धि र प्रजातान्त्रिक चासोमा रहेको मजबुद सम्बन्ध छिमेकी, क्षेत्र र क्षेत्रभन्दा माथि रहेको दोहो¥याउनुभयो । 

उहाँले भारतले विकासको लक्ष्य प्राप्त गर्न तय गरेको ‘सबका साथ, सबका विकास’को नारा र नेपालले पनि ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा दीगो विकासका लागि गतिशील दृष्टिकोण भएको बताउनुभयो । अध्यक्ष दाहालले दीगो विकास लक्ष्य हासिल गर्न सन् २०३० भित्र नेपाललाई अतिकम विकसित मुलुकको अवस्थाबाट मध्यम आय भएको मुलुकको अवस्थामा पु¥याउन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । 
––– 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video