मिति २०७६ असोज २९ गते बुधबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  सांसद साह पक्राउ  |  एनआरएनए सम्मेलनमा भागलिन आएका गैरआवासीय नेपालीद्धारा त्रिभुबन बिमानस्थलमा तोडफोड, घटनामा संलग्न एक पक्राउ  |  समृद्ध नेपाल निर्माणको महाअभियानमा योगदान गर्न राष्ट्रपतिको आग्रह  |  नौ बुँदे घोषणापत्रसहित अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न  |  भारत र चीनको सम्बन्ध सुधारले नेपालको समृद्धि यात्रा अनुकूल ः प्रधानमन्त्री  |  मनसुन बाहिरिएसँगै चिसो बढ्नेक्रम शुरु  |  कर्मचारी नहुँदा कार्यालयको काम ठप्प  |  भाडा फिर्ता गराउन प्रमुख जिल्ला अधिकारी सडकमा  |  उपचुनाव : दोहोरिएला वाम गठबन्धनको राप
मनाेरञ्जन/रोचक
Jan 25, 2019
होई डोल्मो, होई पल्मोको म्युजिक भिडियो सार्वजनिक
काठमाडौ ः गायक फूर्बा शेर्पाको ‘होइ डोल्मो, होइ पल्मो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । लाक्पा साङ्गे शेर्पाको शब्द तथा फूर्बा शेर्पाको संगीत र स्वरमा रहेको ‘होइ डोल्मो, होइ पाल्मो’ गीतको भिडियो योहो टीभीको युट्यूब च्यानल मार्फत सार्वजनिक गरिएको हो । 
गायक शेर्पाको हिमाली गाउँ – २ मा समाविष्ट ‘होइ डोल्मो, होइ पल्मो’ बोलको गीतमा केटाले आफूलाई मन परेको केटीलाई फकाउन कुन हदसम्म वाचा गर्न तयार हुन्छन् भन्ने यथार्थता चित्रण गर्न खोजिएको छ । सुनकै जन्तरले पहिराउने आश देखाउँदा समेत नमानेकी युवतीको मायामा कतिसम्म पागल हुन्छन् र कल्पनामा सयर हुन्छन् भन्ने पाटो पनि भेटिन्छन् गीतमा । 

माथि माथि हिमाल म जाँदा, डाँफे र मुनाल पाखैमा । 
डोल्मो र पाल्मो क्या राम्री आउँ बस दोर्जेको काखैमा  ।।’ 

आफ्नो वशमा पार्न केटाले धेरै प्रलोभन देखाउँछन् तर केही गर्दा पनि नमानेपछि अन्त्यमा डोल्मो र पल्मोलाई बेलैमा घरबार नजोडे जिन्दगी त्यसै खेरजाने चुनौती दिदै गीत सकिन्छ । 
‘सुनसुन डोल्मो सुन पाल्मो, सुरिलो भाकामा सुरीलै ।
बेलैमा घरबार नजोडे बित्ला नि जिन्दगी बरिलै ।।’ 

मेरो मिहेनत अनुसार सफलता पनि आर्जन हुन्छ ः गायक शेर्पा 

सेलोमा आधारित यो गीत निर्माणका लागि गायक शेर्पाले राम्रै मिहेनत गरेका छन् । शेर्पा भन्छन् ‘पहिलो गीति एल्बम हिमाली गाउँ १ को सफलताले नै मलाई हिमाली गाउँ भाग २ ल्याउन प्रेरित ग¥यो । मैले यसमा अझ मिहेनत गरेको छु । यसबाट राम्रै सफलताको आशा गरेको छु । हाम्रो कमाई भन्नुको दर्शकको माया हो ।’  
पहिलो एल्बम हिमाली गाउँ १ मा – पाँच वटा गीत समावेश गरेका फूर्बाले हिमाली गाउँ २ मा पनि पाँचै वटा गीत समावेश गरेका छन् । ती मध्ये ‘होइ डोल्मो, होई पल्मो’ को मात्र म्युजिक भिडियो निर्माण गरिएको हो । 
गीतमा ‘टिञ्छेन फम’ का नायकहरु कुङ्गा शेर्पा र छोङबा शेर्पाले अभिनय गरेका छन् । यस्तै मीस शेर्पा २०१७ की सोनाम डोल्मा शेर्पा र मीस मंगोल २०१८ की जाङबु इन शेर्पाको पनि सशक्त अभिनय रहेको छ । 

शेर्पा समुदायमा चर्चित मानिने मोडलहरुले नै अभिनय गरेको, सेलो लय र शब्द नेपालीमै भएकाले यो कुनै जाति विशेषको मात्र गीत नरहेको उहाँले बताउनुभयो । ‘अभिनय पक्ष सशक्त छ, मेरो यो गीत हिट हुनेमा म विश्वस्त छु’ गायक शेर्पाले भन्नुभयो । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video