सेना/ प्रहरी/ शशस्त्र समाचार
Feb 16, 2019
नेपालमा लागुऔषध प्रयोगकर्ता बढदैे ! एकै दिन अबैध लागुऔषध सहित १५ युवक पक्राउ
काठमाडौं, ४ फागुन काठमाडौं, भक्तपुर र सिन्धुलीबाट अवैध लागूऔषध सहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 
काठमाडौं चन्द्रगिरी नगरपालिका-२ नागढुंगा चेकपोष्ट अगाडि सडकमा सवारी साधन जाँच गर्ने क्रममा अवैध लागूऔषध सहित २ जनालई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट काठमाडौं आउँदै गरेको ना.५ ख २९७० नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार ललितपुर महानगरपालिका-८ घर भएका १८ वर्षीय बिनोद खड्गीलाई नियन्त्रित लागूऔषध नाइट्राभेट ३७ ट्यावलेट र ललितपुर महानगरपालिका-२६ घर भएका १८ वर्षीय साजन थापालाई लागूऔषध ब्राउनसुगर करिब ३ ग्राम सहित फेला पारी महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 
यसैगरी काठमाडौं चन्द्रगिरी नगरपालिका-२ नागढुंगा चेकपोष्ट अगाडि सडकमा सवारी साधन जाँच गर्ने क्रममा काठमाडौं रामकोट घर भएका ३३ वर्षीय सुमन खड्कालाई नियन्त्रित लागूऔषध डाइजेपाम १६ एम्पुल, नुर्फिन २० एम्पुल र फेनरागन १७ एम्पुल सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । हेटौंडाबाट काठमाडौ आउँदै गरेको ना.४ ख ७४३५ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार खड्कालाई उक्त लागूऔषध सहित फेला पारी महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
भक्तपुर, सूर्यबिनायक नगरपालिका-८ स्थित जगाती चेकपोष्ट अगाडी सवारी साधन जाँच गर्ने क्रममा ललितपुर बस्ने काभ्रेका अजय परियार र सहचालक रमेश परियारलाई नियन्त्रित लागूऔषध डालेक्स डिसी १ सय एमएलको ९९ थान सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । बा.५ ख १०६४ नम्बरको हाईस गाडी जाँच गर्नेक्रमा उक्त परिमाणको लागूऔषध सहित चालक अजय परियार र सहचालक रमेश परियारलाई महानगरीय प्रहरी बृत जगातीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । साथै सोही घटनामा संलग्न रहेका मकवानपुरका रमेशप्रसाद दाहाल र काठमाडौं कपन बस्ने सप्तरीका सलमान मियालाई समेत भक्तपुर राधेराधेबाट प्रहरीले पक्राउ गरेको छ । मियाको साथबाट  डालेक्स डिसी ७५ थान र नाईट्रोभेट ४२ फाईल समेत प्रहरीले बरामद गरेको छ ।
सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-७ दोभानबाट अवैध लागूऔषध गाँजा करिब २० केजी सहित ८ जनालाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा पर्सागढी नगरपालिका-४ बस्ने ३५ वर्षीया लालमती माझी, ४० वर्षीया भगमती माझी, ३७ वर्षीया रोहनी माझी, ३६ वर्षीया टईती माझी, ३३ वर्षीया कुसुमी माझी, ३५ वर्षीय जगदेब माझी, ३५ वर्षीय बागर माझी र  ४५ वर्षीय ढोडा माझी रहेका छन् । उक्त स्थानको झाडीमा लागूऔषध गाँजा बोरामा प्याक गरिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय कपिलाकोट र प्रहरी चौकी क्यानेश्वरबाट संयुक्त रुपमा खटिएको प्रहरीले फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video