पसलमा भीड हुन थालेपछि ‘लकडाउन’ कडा  |  नेकपा बैठकमा प्रधानमन्त्रीबाट सरकारी कदमबारे जानकारी  |  काठमाण्डौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ५४५ सवारी नियन्त्रणमा  |  विद्यालयमा क्वारेन्टाइन सञ्चालनका लागि १२ बुँदे आचारसंहिता,के के छ आचारसंहितामा ?  |  राष्ट्रिय शैक्षिक परामर्श संघद्धारा बिदेशमा अध्ययनरत विद्यार्थीलाई सहयोग गर्न एक्सन टिम गठन  |  राहत वितरणको तस्वीर खिच्न नपाइने : नगरभित्र खाद्यान्नको एउटै दरभाउ  |  सङ्कटका काला बादल अवश्य हटेर जानेछन्ः प्रधानमन्त्री  |  राहत वितरणको विषयलाई लिएर दुईपक्षबीच झडप हुदा वडा अध्यक्ष सहित ८ जना घाइते  |  प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने, कति बजे हुंदै छ सम्बोधन ?  |  नुवाकोट किस्पाङ गाउँपालिकाका लागि पिपिई तथा एप्रोन सेट हस्तान्तरण
मनाेरञ्जन/रोचक
Apr 21, 2019
तारकेश्वर कलाकार समाज नुवाकोटको नयाँ वर्ष शुभकामना कार्यक्रम सम्पन्न
बैशाख ८, नुवाकोट । तारकेश्वर कलाकार समाज, नुवाकोटले नयाँ वर्ष २०७६को अवसरमा शुभकामना आदान–प्रदान, विशेष साँस्कृतिक कार्यक्रम सहितको सपथग्रहण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।
राजधानीमा आयोजित विशेष कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद बहादुरसिंह तामाङले कलाकारहरु भनेको राष्ट्रको गहना भएकोले यसको उत्थान र संरक्षणमा आफु लागि पर्ने बताए । तामाङले तारकेश्वर कलाकार समाजलाई समय र परिस्थिति अनुकुल सहयोग गर्दै जाने पनि बताए ।
कार्यक्रममा गन्तव्य नेपाल ग्रुप तथा राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)का केन्द्रीय अध्यक्ष शिव अधिकारी (अविरल)ले तारकेश्वर कलाकार समाजले छोटो समयमै साँगीतिक क्षेत्रमा ठुलो फड्को मारेको बताउँदै यसको संरक्षणको लागि आफु हरतवरले सहयोग गर्दै जाने बताए । उनले निर्धक्कका साथ देशको संस्कृति संरक्षणको लागि लागि पर्न कलाकारहरुलाई अनुरोध गर्दै तारकेश्वर कलाकार समाजको भवन निर्माणको लागि कोषको अभियान सञ्चालन गर्न आफु इच्छुक रहेको पनि बताए ।
कार्यक्रममा तारकेश्वर लगायतका ठाउँबाट बाक्लो रुपमा कलाकारहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रम समाजका अध्यक्ष दुर्गा तामाङको सभापतित्वमा सम्पन्न भएको थियो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video