समाज
Jun 03, 2019
मधेशका समस्या एकीकृत रुपमा बुझ्न आग्रह
काठमाण्डौं । जेष्ठ २० । मधेशको समस्या सबैको साझा समस्या भएकाले यसलाई एकीकृत रुपमा बुझ्न आज यहाँ आयोजित एक कार्यक्रमका सहभागीले आग्रह गरेका छन् । मधेशी आयोगले मोरङका कार्यालय प्रमुखहरुसँग गरेको अन्तक्र्रियामा डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले मधेशका समस्यालाई कुनै जात र वर्गसँग जोडेर हेर्न नहुने बताउनुभयो । उहाँले पिछडिएको वर्गको उन्नतिका लागि राज्यले आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो । प्रजिअ रमेशकुमार केसीले मधेशीको मुद्दा र समस्यालाई राज्यले एकीकृत रुपमा सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । आयोगका अध्यक्ष विजयकुमार दत्तले प्रदेश नं २ मा मधेशी समुदायका विभिन्न समस्या रहेको र ती समस्याबारे जानकारी लिन अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video