महराद्वारा उच्च अदालतमा निवेदन दर्ता  |  अतिक्रमित भूमि फिर्ता गर्न कूटनीतिक प्रयास थालिएको छ : प्रम  |  आज मिति २०७६ मंसिर ६ गते शुक्रबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन  |  दोस्रो आन्तरिक पर्यटन मेला (डीटीएम २०२०) आउँदो फाल्गुन ९ र १० गते भृकुटीमण्डपमा हुँदै  |  कूटनीतिक नियोगका प्रतिनिधिलाई उपनिर्वाचनको अवलोकन गर्न आह्वान  |  नेप्से ओरालै लयमा  |  श्रमजीवीको पक्षमा लडिरहनेछु : विष्ट  |  राइड थ्रु सिन्धुलीगढीको तयारी पूरा, २०४ जना सहभागी हुने, पर्यटनमन्त्रीले उद्घाटन गर्ने  |  ‘स्मार्ट’ चालक अनुमतिपत्र ५० हजार वितरण गर्न बाँकी
पर्यटन /बिबिध समाचार
Jun 16, 2019
पर्यटन प्रवद्र्धनमा सरोकारवालाको उदासिनता
दार्चुला, असार  १ गत जेठ पहिलो साता दार्चुलाको ब्यास गाउँपालिका हुँदै अपि हिमालको आधार शिविर जान लागेका पर्यटक बाटो नहुँदा बीचबाटै फर्किनुप¥यो । रसियाका कुरुगाभा इलिना र काजिस्तानका झुक्सक्या भेलिना ब्यास गाउँपालिका–२ दुम्लीङबाटै फिर्ता हुनुभयो । दुम्लीङ भन्दामाथि जान नेपालतिर बाटो नहुँदा उनीहरु गन्तब्यमा नपुगी फर्किएका थिए । गत कात्तिकमा पनि यही बाटो भएर अपि हिमाल आधार शिविर जान लागेका पर्यटकीय फर्किए । ब्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करका स्थानीयवासीले पनि आफ्नो भूमि भएर गाउँ फर्किन बाटो नहुँदा भारतीय बाटो प्रयोग गरेर गाउँ जाने गर्दछन् । छ महीना ब्यास र छ महीना खलङ्गा बसाइँ सर्ने स्थानीय बाटोघाटो नहुँदा निकै हैरानी खेप्दै आएका छन् । गत मङ्सिरमा तिङ्कर र सीतापुलबाट दुम्लीङ झरेका नेपाल प्रहरी स्वदेशको बाटो नहुँदा नेपाली सेनाको हेलिकप्टरमार्फत छाङ्गरु सीतापुल पु¥याइयो । यी सबै घटना प्रतिनिधिमूलक घटना हुन् । “दार्चुला तिङ्कर सडकअन्तर्गत पर्ने उक्त क्षेत्रमा ३० वर्षअघिसम्म राम्रोसँग बाटो सञ्चालन भएको थियो । अहिले यो क्षेत्रको बाटो नै अवरुद्ध भयो”, ब्यासका स्थानीयवासी ६५ वर्षीया हाजी बोहराले भन्नुभयो, “६० अघिसम्म यही बाटो भएर भारतीय मान्छे ब्यास जान्थे । कैलाश मानसरोवर जाने यात्रु नेपालतिरकै छोटो र राम्रो भन्दै प्रयोग गर्थे तर अहिले आएर बाटोको अवस्था नाजुक छ ।” ब्यास गाउँपालिका दुई दुम्लीङदेखिमाथि ठाउँठाउँमा अवरुद्ध भएको छ । केही ठाउँमा भारतले सडक निर्माणको क्रममा नेपालतिर बाटो भत्किएको छ भने केही ठाउँमा उस्तै जोखिमपूर्ण छ । बाटो निर्माणमा ध्यान नदिँदा ब्याससम्म आउने पर्यटकबीच बाटोबाटै फर्किने गरेको ब्यास–१ गागाका होटल व्यवसायी सुधा बोहराले बताउनुभयो । यो क्षेत्रसम्म पर्यटक ल्याउनुपर्छ भन्ने कसैको सोच छैन् । ‘‘हरेक पटक राजनीतिक नेतृत्वले दार्चुला तिङ्कर सडक बनाउने भन्छन् तर सडक त सपना मात्रै हो, घोरेटो बाटो मात्रै निर्माण गर्न सके पर्यटक प्रवद्र्धनमा सहयोग पुग्छ”, उहाँले भन्नुभयो । गागामा लाखांै रुपैयाँ लगानी गरेर काठैकाठबाट निर्मित होटल बनाइएको छ । नेपालको बाटो नहुँदा व्यवसायमा उत्पादन हुने अन्न, फलफूल बिक्री हुन पाएको छैन् । ब्यासको गागाबाट अपि आधार शिविर पुग्न चार घण्टाको समय लाग्दछ । यहाँको प्राकृतिक सौन्दर्यता, हिमाल चढ्ने पर्यटक तान्न सके यस क्षेत्रको विकास हुने स्थानीय जीतसिंह बोहराले बताउनुभयो । अपि हिमाल गाउँपालिका भएरभन्दा पनि ब्यास गाउँपालिका भएर अपि हिमाल आरोहण गर्न सजिलो भएको कारण पर्यटक यो बाटो आउन खोज्छन् । यस्तै कैलाश मानसरोवर जान नसक्नेले अपि फेदमै रहेको अपि तालसम्म पुगेर दर्शन गर्न सक्छन् । यस ताललाई छोटे कैलाशको रुपमा पनि चिन्ने गरिन्छ । चालु आर्थिक वर्षमा यो बाटो निर्माणमा रु ४५ लाख खर्च हुँदैछ । गाउँपालिकाबाट रु २० लाखले बाटो मर्मत एवं निर्माण काम भएको हो, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामदत्त जोशीले भन्नुभयो, “यस्तै अहिले सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त विशेष अनुदानको रु २५ लाख लागतमा बाटो निर्माणको काम शुरु भएको छ । गतवर्ष पनि गाउँपालिकाले रु २५ लाख खर्च गरेर बाटो मर्मत गरेको थियो । विभिन्न ठाउँमा भारतीयले निर्माण गरेको सडकका कारण नेपालतिरको बाटो भत्किएको स्थानीयको भनाइ छ । भारतीय पक्षले सडक खन्दा नदीमा फालिएको ढुङ्गाका कारण नदी थुनिन गई नेपालतिरको बाटो अवरुद्ध भएको हो । घाटी बगर, नज्याङ्गलगायतका क्षेत्रमा भारतीय सडकका कारण नेपालतिरको बाटो अवरुद्ध भएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video