मिति २०७६ असोज २९ गते बुधबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  सांसद साह पक्राउ  |  एनआरएनए सम्मेलनमा भागलिन आएका गैरआवासीय नेपालीद्धारा त्रिभुबन बिमानस्थलमा तोडफोड, घटनामा संलग्न एक पक्राउ  |  समृद्ध नेपाल निर्माणको महाअभियानमा योगदान गर्न राष्ट्रपतिको आग्रह  |  नौ बुँदे घोषणापत्रसहित अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न  |  भारत र चीनको सम्बन्ध सुधारले नेपालको समृद्धि यात्रा अनुकूल ः प्रधानमन्त्री  |  मनसुन बाहिरिएसँगै चिसो बढ्नेक्रम शुरु  |  कर्मचारी नहुँदा कार्यालयको काम ठप्प  |  भाडा फिर्ता गराउन प्रमुख जिल्ला अधिकारी सडकमा  |  उपचुनाव : दोहोरिएला वाम गठबन्धनको राप
प्रवासी खबर
Aug 02, 2019
गैरआवासीय नेपाली संघ एनसीसी साउदीको अधिवेशन सेप्टेम्बरमा हुने
अभिषेक खरेल । साउदीअरब  । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) साउदीको प्रवास अधिवेशन सेप्टेम्बरमा हुने भएको छ । एनआरएनए २०१९(२१ का लागि अधिवेशन सेप्टेम्बर ६ तारिख शुक्रबारको लागि मिति तय भएको अध्यक्ष नारायण पासवानले जानकारी दिनुभयो । परिषद्को सातौं पूर्ण बैठकले आगामी सेप्टेम्बर ६ तारिख, २०१९ शुक्रबार अधिवेशन मिति तय गरेको हो । अधिवेशनबाट आगामी कार्यकाल २०१९(२१का लागि नयाँ कार्यसमिति चयन हुनेछन् । अध्यक्ष नारायण पासवान नेतृत्वमा रहेको वर्तमान कार्यसमितिको कार्यकाल सेप्टेम्बरमै समाप्त हुँदै छ ।त्यसैगरी अधिवेशनका लागि विभिन्न समिति तथा उपसमितिहरू गठन गरी जिम्मेवारी र कार्यभार समेत सुम्पेको आयोजकले बताए। साउदीको भौगोलिक अवस्थ र परिस्थितिलाई मध्यनजर गरी परिषद् मातहतमा विभिन्न ठाउँहरुमा क्षेत्रीय तथा स्थानीय समन्वय समितिहरू कृयाशील रहदै आएका छन् ।
संघको माथिल्लो निकाय आइसिसिको विश्व सम्मेलन आगामी अक्टोबर १३ तारिखबाट काठमाडौंमा हुने भएको छ । सम्मेलन आगावै विश्वभर रहेका राष्ट्रिय समन्वय परिषद्हरुले अधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति चय गरिसक्नुपर्ने प्रावधान रहेको छ ।मजदुर मैत्री संस्थाको रुपमा परिचित एनआरएनए एनसीसी साउदीको आसन्न अधिवेशनलाई यहाँ स्थिति नेपाली कामदार र जनसमुदायहरुले निकै चासोका साथ हेरिरहेको जानकारी प्राप्त भएकोछ। 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video