पुर्व राष्ट्रपतिद्धारा जिपी कोईराला फाउण्डेसन एसिया प्यासीफीक क्षेत्रीय संयोजक थापामगर सम्मानीत  |  ‘द्वन्द्व व्यवस्थापनमा नेपालले अपनाएको विधि विश्वका लागि नमूना’  |  मिति २०७६ असोज २९ गते बुधबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  सांसद साह पक्राउ  |  एनआरएनए सम्मेलनमा भागलिन आएका गैरआवासीय नेपालीद्धारा त्रिभुबन बिमानस्थलमा तोडफोड, घटनामा संलग्न एक पक्राउ  |  समृद्ध नेपाल निर्माणको महाअभियानमा योगदान गर्न राष्ट्रपतिको आग्रह  |  नौ बुँदे घोषणापत्रसहित अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न  |  भारत र चीनको सम्बन्ध सुधारले नेपालको समृद्धि यात्रा अनुकूल ः प्रधानमन्त्री  |  मनसुन बाहिरिएसँगै चिसो बढ्नेक्रम शुरु  |  कर्मचारी नहुँदा कार्यालयको काम ठप्प
पर्यटन /बिबिध समाचार
Aug 04, 2019
पर्यटन मजदुरलाई निःशुल्क चिनियाँ भाषा तालीम
कास्की, साउन १९ पोखरामा पर्यटन क्षेत्रमा कार्यरत मजदुुरहरुका लागि चिनियाँ भाषाको निःशुल्क तालीम शुरु भएको छ । नेपाल भ्रमण वर्ष २०२० तथा गण्डकी प्रदेश सरकारको आन्तिरक पर्यटन वर्षलाई सफल बनाउने उद्देश्यले नेपाल ट्रेकिङ–ट्राभल्स–¥याफटिङ–एयरलाइन्स, पुरातात्विक–संस्कृति कार्गो, कुरियर कर्मचारी मजदुर युनियन (युनिट्राभ) गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि शुरु भएको सो तालीम आगामी भदौ १८ गतेसम्म सञ्चालन हुनेछ । नेपालमा चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि भएसँगै पर्यटकको बसाइँ सहज बनाउने र भाषाको अभावमा उनीहरुलाई कुनै कठिनाइ नहोस् भनेर पर्यटन बोर्ड, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र ट्रेकिङ एजेन्सिज एशोसिएसन (टान) पोखराको सहयोगमा चिनियाँ भाषाको तालीम शुरु गरिएको युनिट्राभ गण्डकीका अध्यक्ष विजय केसीले बताउनुभयो । आधारभूत र एड्भान्स गरी दुई सत्रमा कक्षा सञ्चालन गरिएको र आधारभूतमा ४१ र एड्भान्समा २१ गरी ६२ जना तालीममा सहभागी रहेकाछन् । तालीम उद्घाटन गर्दै पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख काशिराम भण्डारीले भाषा तालीमबाट पर्यटकसँग गरिने व्यवहारमा सहजता हुने बताउँदै पथप्रर्दशक भनेको बाटो देखाउने मात्र नभई देशको राजदूत बन्नुपर्ने बताउनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video