‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०७५’ डा रुइतलाई  |  टावरमा आगजनीपश्चात् सञ्चारविहीन  |  राष्ट्रपतिबाट नेपाली दिदीबहिनीमा सुखशान्ति, पारिवारिक सद्भाव, सुस्वास्थ्य र दीर्घजीवनको कामना  |  खोलाको जग्गा धितो राखेर ऋण  |  स्क्रब टाइफसका कारण मृत्युदर घट्दै, सङ्क्रमण बढ्दै  |  चन्दागिरि साकोसको वार्षिक समिक्षा तथा योजना गोष्ठी सम्पन्न  |  ओम अस्पतालको गम्भीर लापरबाही, पत्थरीको अप्रेसन गर्न हाँस्दै अप्रेसन थिएटर गएकी युवतीको ज्यानै गयो  |  म्यान्मामा राष्ट्रिय दिवस  |  उद्योग सङ्घद्वारा औद्योगिक विकासका लागि अवधारणा सार्वजनिक  |  गोङ्गबुबाट १४ जुवाडे पक्राउ
प्रमुख समाचार
Aug 27, 2019
मूल्यसूची नै राख्दैनन् व्यवसायी
लमही, भदौ  १० यहाँका व्यवसायीहरुले पसलमा मूल्यसूची नै नराखेको पाइएको छ । तुलसीपुर उपमहानगरपालिकाले सोमबार गरेको बजार अनुगमनका क्रममा यस्तो भेटिएको हो । तुलसीपुरका अधिकांश पसलमा यस्तो भेटिएको अनुगमन समितिले जनाएको छ । उपमहानगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक माया शर्माको नेतृत्वमा विभिन्न पसलमा अनुगन गरिएको थियो । सो क्रममा उपमहानगरपालिकामा दर्ता भएका पसलले नवीकरण नगरेको, अनुमति नलिई विभिन्न पसलमा मदिरा बिक्री वितरण गरिएको र धेरैजसो पसलमा म्याद गुज्रिएका सामान फेला परेको सूचना अधिकारी झरेन्द्र खरेलले जानकारी दिनुभयो । यस्ता व्यवसायीलाई तीन दिनभित्र मूल्यसूची राख्न र कर तिर्न निर्देशन दिइएको संयोजक शर्माले जानकारी दिनुभयो । अर्को पटक यस्तो भेटिए कारवाही हुनेसमेत उहाँले बताउनुभयो । शर्माको नेतृत्वमा इलाका प्रशासन कार्यालयका अधिकृत श्रीधर टण्डन, तुलसीपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष मीनराज भण्डारी, उपभोक्ता अधिकार मञ्चका संयोजक केशवकुमार शर्मा, वडाध्यक्ष टोपबहादुर केसी, नवराज लामिछाने, इलाका प्रहरी कार्यालयका प्रतिनिधि, पत्रकारको सहभागिता थियो । अनुगमनलाई निरन्तता दिइने समितिले जनाएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video