प्रमुख समाचार
Oct 15, 2019
गैरआवासीय नेपाली संघ, आईसीसीमा उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्य अध्यक्षका लागि चुनावी मैदानमा
रबिन थपलिया । काठमाण्डौं । असोज २८ । गैर आवासीय नेपाली संघ आईसीको अध्यक्षका लागि वर्तमान कार्यसमितिका उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्य चुनावी मैदानमा उत्रिएका छन् । दुवै अध्यक्षका प्रत्यासीहरुले पत्रकार सम्मेलन गरेर आफु चुनावी मैदानमा उत्रिएको घोषणा गरिसकेका छन् । अध्यक्ष भबन भट्टले नयाँ कार्यकालका लागि उम्मेद्धवारी नदिने बताएपछि पन्त र आचार्य बिच चुनावी प्रतिष्पर्धा हुने देखिएको छ । स्रोतका अनुसार संस्थापक अध्यक्ष डा उपेन्द्र महतो लगायत पुर्व अध्यक्षहरुले संघमा मत बिभाजन हुन नदिन सहमतीको प्रयास समेत गरिरहेका छन् । 
यता हिजो कुल आचार्यले पत्रकार सम्मेलन गरी आफनो प्यानल घोषणा गरेका छन् । उपाध्यक्षमा डा. पौडेलसँगै, मन केसी (अष्ट्रेलिया), नरेन्द्र भाट (मध्यपूर्व), रबिना थापा (अमेरिका)ले उम्मेदवारी दिने भएका छन् । यस्तै वर्तमान सह–कोषाध्यक्ष सोम सापकोटाले कोषाध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।
कुमार पन्तको प्यानलको नाम भने अहिले सम्म टुंगो लागेको छैन् । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video