पर्यटन /बिबिध समाचार
Dec 09, 2019
सागः भारतले १८ स्वर्ण जित्दा नेपाल पदकविहीन
काठमाडौँ,  मङ्सिर २३ तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत सुटिङ खेलमा कूल २० स्वर्ण पदकमध्ये भारतले १८ स्वर्ण पदक जितेको छ । स्वर्ण, रजत र कास्य गरी कूल ६० पदकका लागि भएको प्रतिस्पर्धामा भारतले १८ स्वर्ण, सात रजत र चार कास्य गरी २९ पदक जित्न सफल भयो । त्यस्तै दोस्रो स्थानमा रहेको पाकिस्तानले दुई स्वर्ण, पाँच रजत र सात कास्यसहित १४ पदक हात पारेको छ । कुनै पनि स्वर्ण नजितेको बङ्गलादेशले कूल १० पदक हात पार्न सफल भयो । बङ्गलादेशले छ रजत र चार कास्य पदक जितेको हो । चौथो स्थानमा रहेको श्रीलङ्काले दुई रजत र पाँच कास्य गरी कूल सात पदक हात पारेको छ । माल्दिभ्स, भूटान र नेपाल पदकविहीन रहे । सुटिङको अन्तिम इभेन्टमा पनि भारतले नै स्वर्ण पदक जित्दा श्रीलङ्काले रजत र बङ्गलादेशले कास्य पदक जिते । सातदोबाटोस्थित सुटिङ रेञ्जमा भएको १० मिटर एयर पेस्तोल मिक्स इभेन्टमा भारतले स्वर्ण पदक हात पारेको हो । यसको समूह चरणमा नेपाली टोली पाँचौँ हुँदै बाहिरिएको थियो । भारतका अनुराज सिंह र श्रवण कुमारको टोलीले १६ अङ्कसहित स्वर्ण पदक जितेको हो । स्वर्ण पदकको भिडन्तमा श्रीलङ्काका एलभिस केएआई र फर्नान्डो टिडिएसको जोडी आठ अङ्कमा रोकिएको थियो । कास्य पदकका लागि भने बङ्गलादेश र पाकिस्तानले प्रतिस्पर्धा गरेका थिए जसमा बङ्गलादेश बाजी मार्न सफल भयो । बङ्गलादेशका एड्रिना फिर्दोस र सकिल अहमदको जोडीले १७ अङ्कका साथ कास्य पदक जित्दा पाकिस्तानका अन्न इवित्स र गुलफम जोसेफ ७ अङ्कमा रोकिँदै चौथो स्थानमा रहे । विजेता खेलाडीलाई प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपाल सुटिङ सङ्घका अध्यक्ष पुष्पदास श्रेष्ठले पदक प्रदान गर्नुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video