तातोपानी नाकाबाट चिनबाट खरिद गरिएको स्वास्थ्य सामग्री आयात  |  काठमाण्डौंमा रोकिएकालाई दुई दिन भित्र काठमाण्डौं बाहिर जान दिने उच्च स्तरीय समितिको निर्णय  |  चन्द्रागिरिका १० हजार परिवारलाई राहत  |  कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई पनि खटाइने  |  लकडाउनका कारण भोकभोकै मर्न थाले गाईबस्तु  |  तीन महिनापछि खुल्यो तातोपानी नाका  |  सीमाबाट आवतजावत गरे पाँच हजार जरिवानासहित १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय  |  वडा अध्यक्ष चढेको गाडीबाट एसएलआर र एयरगन बरामद, अध्यक्ष भने फरार  |  वन तथा वन्यजन्तुको तस्करी रोक्न निर्देशन  |  परिचालन नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने
प्रमुख समाचार
Feb 18, 2020
सभामुख सापकोटासँग युरोपेली मुलुकका राजदूत तथा राष्ट्रसङ्घीय प्रतिनिधिद्वारा भेट
काठमाडौँ, फागुन ६ सभामुख अग्निप्रसाद सापकोटासँग युरोपेली मुलुकका राजदूतले भेटघाटको क्रमलाई बढाएका छन् । सभामुख सापकोटासँग सोमबार नेपालका लागि नर्वेका राजदूत लस्से ब्जोम जोहानेसनले शिष्टाचार भेट गरी बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभएको छ । भेटमा नर्वेली राजदूतले नेपालको आर्थिक तथा समाजिक क्षेत्रमा पु¥याउँदै आएको सहयोगलाई नर्वेले जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सोमबार नै नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का आवासीय प्रतिनिधि आइसाने मेडागान्गोडा लबेले सभामुख सापकोटालाई भेटेर बधाई ज्ञापन गर्नुभयो । युएनडिपी प्रतिनिधि लबेले हाल नेपालमा विभिन्न २६ क्षेत्रहरुमा काम गरिरहेको जानकारी गराउँदै आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसअघि यही फागुन २ गते सभामुख सापकोटासँग नेपालका लागि चेक गणतन्त्रका गैरआवासीय राजदूत मिलान होभोरकाले भेटेर सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । गत माघ १३ गते सभामुख पदको शपथ लिनुभएका सापकोटासँग निर्वाचित भएलगत्तै चीन, भारत र जापानका राजदूतले प्रत्यक्ष भेट गरी शुभकामना दिइसक्नुभएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video