लकडाउनका कारण भोकभोकै मर्न थाले गाईबस्तु  |  तीन महिनापछि खुल्यो तातोपानी नाका  |  सीमाबाट आवतजावत गरे पाँच हजार जरिवानासहित १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय  |  वडा अध्यक्ष चढेको गाडीबाट एसएलआर र एयरगन बरामद, अध्यक्ष भने फरार  |  वन तथा वन्यजन्तुको तस्करी रोक्न निर्देशन  |  परिचालन नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने  |  तारकेश्वर नगरपालीका सबै वडाहरुमा राहत वितरण शुरु  |  विपन्न परिवारलाई एकद्वार प्रणालीबाट राहत : मुख्यमन्त्री राई  |  नेपाल–भारत सीमा क्षेत्रमा खटिएका एक सय ३४ सशस्त्र प्रहरीलाई क्वारेन्टाइनमा राखियो  |  खाद्य व्यवस्था कम्पनीले अनलाइनबाटै खाद्य सामग्री बिक्री थाल्यो
शिक्षा /स्वास्थ्य
Mar 12, 2020
नसिङ परिषदद्धारा परिषदको नाममा दलाली गदै बदनाम गराउनेमाथी कडा कारबाहीको माग
काठमाण्डौं । फागुन २९ । नेपाल नर्सिङ्ग परिषद्ले सञ्चालन गर्ने नर्सिङ्ग लाइसेन्स परिक्षा उत्रिण गराइदिने भन्दै तिन लाख घुस मागेको बिषय प्रति परिषद्को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
परिषदले आज बिज्ञप्ती निकाल्दै राज्यको एउटा नियमनकारी निकायकारुपमा आफ्नो स्वच्छ छवी र प्रतिष्ठा कायम गर्दै आएको यस संस्थामाथि लगाइएको लान्छानाको घोर भत्सर्ना गरेको छ । बिज्ञप्ती मार्फत परिषद् र परिषद्मा आबद्धको नाम लिएर दलाली गर्दै बदनाम गराउने काममा संग्लनलाई छानबिनको दायरामा ल्याएर कडा कानुनी कारबाही गर्न नेपाल नर्सिङ्ग परिषद् राज्यका सम्वन्धित निकायसमक्ष जोडदार माग समेत गरिएको छ । 
नेपाल नर्सिङ काउन्सिलकी सदस्य जिता बरालले एक नर्सलाई नाम निकालिदिने भन्दै तीन लाख रुपैयाँ घुस मागेको भन्दै सामाजिक सञ्जाल फेसबुकको च्याट बाहिरिएको थियो । जसमा जिताले रजिस्ट्रार तथा पर्यटनमन्त्री योगेश भट्टराईकी पत्नी विन्दा घिमिरेलाई एक लाख ५० हजार दिनुपर्ने भन्दै लेखेकी थिइन् । 
 
परिषदका अध्यक्ष बिन्दा घिमिरेले परिषदका सदस्यले घुस मागेको बिषयमा उहाँसंग सोधपुछ गरी लिखित जबाफ माग गरिएको बताँउदै यस घटनाको वास्तवीकता बारेमा परिषदले आवश्यक छानविन गरिरहेको बताएकी छन् । 
बिज्ञप्तीमा भनिएको छ  “यस परिषद्का सदस्यले पैसा वार्गे्निङ गरेको समाचार आएका छन् । यो सम्बन्धमा परिषद्ले सम्बन्धित सदस्यसँग सोधपुछ गरेको छ । उहाँले लिखित रुपमा यो बिषयमा परिषद्लाई जानकारी गराउनु भएको छ र आफ्नो ‘फेक’ आइडी बनाएर अपराधिक समूहले सोे कार्य गरेको परिषद्लाई जानकारी गराउनु भएको छ । साथै ‘फेक’ आइडी बनाउने समूहको पहिचान गरेर कानुनी कारबाहीको लागि सम्बन्धित निकायमा उजुरी समेत दिइसकेको बताउनुभएको छ । साथै, पत्रकार सम्मेलनमार्फत पनि आफ्ना भनाई सार्वजानिक गरिसक्नुभएको छ । यसको वास्तविकताबारे परिषद्ले पनि आवश्यक छानविन गरिरहेको छ ।”
विज्ञप्ती निकाल्दै नेपाल नर्सिङ्ग परिषद्ले सञ्चालन गर्ने परिक्षा पूर्णत वैज्ञानिक निष्पक्ष र पारदर्शी हुने दावी गरिएको छ । बिज्ञप्तीमा भनिएको छ “परिषद् अन्तरगत एक परिक्षा समिति रहने व्यबस्था छ । यसका सबै प्रश्नहरु बस्तुगत हुन्छन् । उत्तरपुस्तिका ‘कोडिङ्ग’ प्रणालीबाट तय गरिन्छ । परिक्षा केन्द्रबाट खामबन्दी भएर आएका उत्तरपुस्तिका परिक्षा समितिका सबै सदस्यहरुको रोहबरमा खोलिन्छ र जाँचका लागि स्क्यानिङ्गमा हालिन्छ । स्कानिङ्गमा हाल्ने वित्तिकै मेसिनले नै स्वत यसको रिजल्ट दिन्छ । यसरी निस्कने रिजल्टको सबै प्रतिमा समितिका सबै सदस्यहरुले हस्ताक्षर गरेपछि मात्र त्यो रिजल्ट सार्वजानिक गरिन्छ । तसर्थ उत्तर पुस्तिका जाँचमा कसैको प्रभाव रहने प्रसङ्ग नै रहदैंन । यसर्थ, प्रभाव र पहुँचका आधारमा नतिजा प्रभावित नहुने हुँदा यस्ता भ्रमपूर्ण हल्लाका पछाडी नलाग्न हामी सम्बन्धित सबैलाई अपिल गर्दर्छौ ।”
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video