प्रमुख समाचार
Mar 31, 2020
स्वास्थ्य र सरसफाइकर्मी, चालक र नगर प्रहरीको बीमा
लम्की,  चैत १८ ।  कैलालीको टीकापुर नगरपालिकाले कोभिड–१९ विरुद्धको अभियानमा खटिने करार सेवामा कार्यरत स्वास्थ्यकर्मी, सवारी चालक, सरसफाइकर्मी र नगर प्रहरीको बीमा गर्ने निर्णय गरेको छ । “नगरकार्यपालिकाको सोमबार बसेको बैठकले उनीहरुको जोखिमलाई हेरेर १० लाखको बीमा गर्ने निर्णय गरेका छौंँ”, नगर प्रमुख तपेन्द्रबहादुर रावलले भन्नुभयो, ‘‘कोरोना भाइरस संक्रमणविरुद्धको अभियानमा खटिने अन्य स्थायी कर्मचारीलाई संघीय सरकारले नै यसअघि नै बीमा गर्ने निर्णय गरिसकेको छ । हामीले करारमा कार्यरतको बीमा गर्न थालेका हौंँ ।’’ विपन्नको लगत संकलन गर्दै स्थानीय तह लम्कीचुहा नगरपालिकाले विपन्न नागरिकको लगत संकलन थालेको छ । नगरपालिकाले दैनिक ज्यालादारीका भरमा जीवन निर्वाह गर्नेहरुलाई राहत दिनका लागि विपन्नको लगत संकलन शुरु गरेको हो । ‘‘नगरपालिकाले ज्यालादारी गर्ने मजदूरको घरमा भोकमरी नहोस् भन्ने उद्देश्यले लगत संकलन थालेको हो’’, नगर प्रमुख महादेव बजगार्इँले भन्नुभयो, ‘‘अन्य ठाउंँका मजदूर पनि लकडाउनका कारण अलपत्र परेका छन्, उनीहरुलाई पनि उद्धार गरेर सम्बन्ध्ति ठाउंँमा पु¥याउने व्यवस्था नगरपालिकाले गर्नेछ ।’’ जानकी गाउँंपालिकाले पनि कोराना भाइरसको रोकथामका लागि वडास्तरीय आपूर्ति समिति गठन गरेको छ । गाउँपालिस्तरीय विपत् व्यवस्थापन समितिको सोमबार बसेको बैठकले गाउंँपालिकामा राहत वितरण जस्ता कार्य गर्न सहज होस् भनी आवश्यक सामग्रीको व्यवस्थापन गर्ने निर्णय गरेको गरेको गाउंपालिकाले जनाएको छ । ‘‘हामीले भारतबाट आएका केही नेपालीलाई क्वारेन्टाइमा राखेका छौंँ । उनीहरुको खानपानलगायतको सबै व्यवस्था गाउँंपालिकाले गरेको छ’’, गाउंँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले भन्नुभयो, ‘‘हाम्रो गाउंँपालिकामा ज्यालादारीकै भरमा बाँचेका नागरिकको परिवारलाई राहतको व्यवस्था गर्न गठित वडास्तरीय विपद् व्यवस्थापन समितिले आपूर्ति गर्नेछन् ।’’कैलालीका टीकापुर र भजनी नगरपालिका तथा जोशीपुर गाउंँपालिकाले पनि ज्यालादारीमा बाचेका परिवारलाई राहत दिनका लागि लगत संकलन थालेका छन् । ---


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video