कानून बाझिँदा कार्यान्वयन कठिनाइ भयो : मुख्यमन्त्री पौडेल  |  जागिरे मानसिकता त्यागौँ : अध्यक्ष तिमिल्सिना  |  आज मिति २०७६ मंसिर २७ गते शुक्रबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  गिरिजाप्रसाद कोइराला फाउण्डेसन नुवाकोटद्धारा सामाखुसीमा विशेष कार्यक्रम गदै  |  परम्परागत बाजा र तस्वीर प्रदर्शनी शुरु  |  महिलाका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गुरुङ  |  यि हुन नेबिसंघ चलायनमान बनाउने म्याग्दीका जिल्ला अध्यक्ष खत्री  |  प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल हुने  |  धितोपत्र बजारः कारोबार रकम ७६ करोड नाघ्यो  |  औसत आर्थिक वृद्धिदर ६.५ प्रतिशत रहने विश्व बैङ्कको प्रक्षेपण
मनाेरञ्जन/रोचक
Aug 08, 2018
फिल्म हलमा आगलागी
हेटौँडा, २३ साउन (रासस) ः मकवानपुरको हेटौँडा–४ स्थित ओम्याक्स चलचित्र घरमा आगलागी भएको छ । 

बिहान ९ बजेदेखि भएको आगलागी नियन्त्रणमा लिन नसकिएपछि अहिले हलको पछाडि भागबाट प्रयास थालिएको प्रहरीले जनाएको छ । हलमा मर्मत चलिरहेकाले मानवीय क्षति नभए पनि करोडौँको क्षति भएको हलका सञ्चालक नरेन्द्र महर्जनले बताउनुभयो । 

हेटौँडा उपमहानगरपालिकाको दमकल र स्थानीयले आगलागी नियन्त्रणमा लिन नसकेपछि अहिले बारा जिल्लाबाट ठूलो दमकल घटनास्थलमा आइपुगेको र आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । चलचित्र हलभित्रबाट शुरु भएको आगलागी अहिले झनै बाहिरसम्मै आइपुगेको छ । आगलागीको वास्तविक कारण खुल्न नसके पनि स्थानीयका अनुसार हलमा वाइरिङ गरिएको अवस्थामा आगलागी भएको हो । 
करेन्ट सर्ट भएर आगलागी भएको अनुमान गरिएता पनि वास्तविक कारण नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video