अपांगता/अल्पसंख्यक
Nov 17, 2014
सार्क सम्मेलनमा अपाङ्गका एजेण्डाहरुलाइ पनि प्रमुखताका साथ उठाउन माग
काठमाडौं, १ मंसिर । काठमाडौंमा हुने आगामी १८ औं सार्क शिखर सम्मेलनमा अपाङ्हरुको हितमा समेत व्यापक छलफल गर्नुपर्ने भन्दै राष्ट्रिय अपाङ्ग श्रीमती संघले अवधारणा पत्र अघि सारेको छ ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै विगतमा भएका सार्क सम्मेलनले अपाङ्गहरुलाई उपेक्षा गरेको भन्दै यस पटक हुने सार्क सम्मेलनले सडक बनाउँदा ह्विलचेयरको सहज पहुँच हुने गरी निर्माण गरिनुपर्ने, अपाङ्गहरुलाई स–सम्मान रोजगारीको व्यवस्था गरिनुपर्ने, अपाङ्गमैत्री सडक पेटिहरु बनाउनुपर्ने, सार्क स्तरीय अपाङ्ग  संगठनको स्थापना गर्नुपर्ने र संविधान पनि अपाङ्गमैत्री बनाउनुपर्ने जस्ता मागहरु अघि सारेको हो ।
संघकी अध्यक्ष उषा सिंखडाको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामकुमार चौधरीले सार्क शिखर सम्मेलनमा अपाङ्गहरुको वारेमा पनि व्यापक छलफल गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । चौधरीले आफ्नो पार्टीले संघले अघि सारेका विभिन्न विषयलाई आत्मासाथ गर्दै यस विषयमा सम्मेलनमा समेत जोडदार रुपमा कुरा उठाउने स्पष्ट पारेका छन् ।
एविलिस फाउन्डेशनका कन्ट्री डाईरेक्टर एवम राष्ट्रिय अपाङ्ग महासंघका पूर्व अध्यक्ष वीरेन्द्रराज पोखरेलले सार्क सम्मेलनमा आठ वटै राष्ट्रका समस्याहरुका वारेमा समेत साझा मुद्याहरु तयार पार्नुपर्ने बताएका छन् । पोखरेलले संयूक्त राष्ट्र संघको वडा पत्रमा समेत अपाङ्गहरुको अधिकार स्थापित गर्ने वारेमा पाँच वटा सदस्य राष्ट्रहरुले समेत हस्ताक्षर गरिसकेको जानकारी दिए ।
त्यस्तै अपाङ्ग अनुशन्धान केन्द्र नेपालका अध्यक्ष प्रा. गोविन्द प्रसाद आचार्यले अपाङ्गहरुको हितका लागि पनि आगामी दिनमा पारा सार्क सम्मेलनको आयोजना गरिनुपर्ने माग गरेका छन् । साथै आचार्यले सार्क क्षेत्रमै अपाङ्गहरुलाई निशुल्क शिक्षा, स्वास्थ्य तथा रोजगारको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग अधिकार संरक्षण मञ्चका महासचिव रमेश तिवारी, संघकी सदस्य हेमा घिमिरे लगायतले समेत आ–आफ्नो धारणा राखेका थिए ।




प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video