पुनर्निमाण प्राधिकरणद्धारा नुवाकोटका स्थानीय निकायमा ७० कर्मचारी माग, कुन स्थानीय तहमा कति जना ?  |  डेंगोको बिरामीलाई सहयोग गर्न बिपी स्मृति अस्पताल र यशोदादेवी भगवानसिंह ट्रष्टद्धारा रक्तदान कार्यक्रम आयोजना  |  अज्ञात समुहद्धारा वडा कार्यालयमा आगजनी  |  बलात्कार गरी हत्या गर्ने दुईलाई आजीवन कारावास  |  आज मिति २०७६ असोज २ गते विहिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  सिन्धुलीबाट काठमाडौँतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा २३ जना घाइते  |  विरोधलाई स्वभाविक रुपमा लिनुपर्छः नेता श्रेष्ठ  |  पहिराले अरनिको राजमार्ग ठप्प  |  सङ्खुवासभामा जिप दुर्घटना हुँदा छ बेपत्ता  |  कृषिमा १४ करोड ४४ लाख बजेट
समाज
May 09, 2019
मिजोरमबाट २३ नेपाली चेलीको उद्धार
भद्रपुर,वैशाख  २६ ।  वैदेशिक रोजगारीको बहानामा अवैध रुपमा तेस्रो मुलुक लैजान लागिएका अवस्थामा २३ नेपाली चेलीलाई भारतको उत्तरी राज्य मिजोरमबाट आज उद्धार गरिएको छ । भारतीय सरकारको सहयोगमा उद्धार गरिएका ती नेपाली चेलीहरुलाई बिहान १०ः३० बजे काँकडभिट्टा ल्याएर माइती नेपालको पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा राखिएको झापाका प्रजिअ जनकराज दाहालले बताउनुभयो । म्यानमासँग भारतको सीमा जोडिएको मिजोरमस्थित चम्फीबाट ती महिलालाई उद्धार गरिएको थियो । केही महीनाअघि म्यान्मासँग सीमा जोडिएको मणिपुरको मोरेबाट पनि १७८ नेपालीलाई उद्धार गरी नेपाल ल्याइएको थियो । मानव बेचबिखनमा संलग्न दलालले पछिल्लो समय वैदेशिक रोजगारीका बहानामा नेपालीलाई भारतको मिजोरम, नागाल्याण्ड र मणिपुरबाट म्यानमा हुँदै खाडी र दक्षिणपूर्वी एशियाली मुलुक लैजाने गरेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसालले उद्धार गरेर ल्याइएका महिलालाई माइती नेपालमा राखेर उनीहरुलाई कसरी दलालले म्यानमाको सीमामा पु¥याए भनी सोधखोज भइरहेको बताउनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video