पुनर्निमाण प्राधिकरणद्धारा नुवाकोटका स्थानीय निकायमा ७० कर्मचारी माग, कुन स्थानीय तहमा कति जना ?  |  डेंगोको बिरामीलाई सहयोग गर्न बिपी स्मृति अस्पताल र यशोदादेवी भगवानसिंह ट्रष्टद्धारा रक्तदान कार्यक्रम आयोजना  |  अज्ञात समुहद्धारा वडा कार्यालयमा आगजनी  |  बलात्कार गरी हत्या गर्ने दुईलाई आजीवन कारावास  |  आज मिति २०७६ असोज २ गते विहिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल  |  सिन्धुलीबाट काठमाडौँतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा २३ जना घाइते  |  विरोधलाई स्वभाविक रुपमा लिनुपर्छः नेता श्रेष्ठ  |  पहिराले अरनिको राजमार्ग ठप्प  |  सङ्खुवासभामा जिप दुर्घटना हुँदा छ बेपत्ता  |  कृषिमा १४ करोड ४४ लाख बजेट
समाज
May 21, 2019
अर्जुनधाराधाममा निःशुल्क रात्रिकालीन भोजन
भद्रपुर, जेठ   : पूर्वको पशुपतिनाथले परिचत अर्जुनधारा जलेश्वरधामले तीर्थयात्री र दीनदुःखीका लागि रात्रिकालीन निःशुल्क भोजन शुरु गरेको छ । धामद्वारा स्थापित अन्नदान अक्षयकोषबाट जलेश्वरधामले रात्रिकालीन भोजन शुरु गरेको धाम समितिका कोषाध्यक्ष मोहन जोशीले बताउनुभयो । उहाँले अर्जुनधारा नगरपालिकाभित्रका असहाय र गरीबले समेत निःशुल्क सो भोजन ग्रहण गर्न पाउने व्यवस्था गरेको बताउनुभयो । “हाम्रो उद्देश्य भनेको नगरका कोही पनि भोकै नसुतुन् भन्ने हो”, कोषाध्यक्ष जोशीले भन्नुभयो, “सँगै मन्दिरमा आउने भक्तजन र अतिथिका लागि समेत भोजनको व्यवस्था गरेका छौँ ।” हालसम्म दाताको सहयोगबाट अक्षयकोषको रकम रु ३५ लाख बढी भइसकेको उहाँले जानकारी दिनुभयो । भविष्यमा रु एक करोडको अक्षयकोष बनाउने धामको लक्ष्य रहेको छ । अर्जुनधाराधाम तीर्थयात्रीको पछिल्लो समय ‘ट्रान्जिट प्वाइन्ट’जस्तै भएको बताउँदै धाम समितिका सदस्य शेखर प्रधानले भन्नुभयो, “ताप्लेजुङको पाथीभरा र भारतको कामाक्षादेवीलगायतका धाम जाने यात्रु यहीँ आएर बास बन्नुहुन्छ । उहाँहरुका लागि भोजन र आवास दुवैको व्यवस्था छ ।” ‘कोही भोकै नसुतुन्’ भन्ने नाराका साथ यही जेठ ५ गतेदेखि शुरु गरिएको भोजन दैनिक साँझ ७ः३० बजेदेखि ९ बजेसम्म खुवाइने सदस्य प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार धाम परिसरमै अतिथिगृहको समेत निर्माण भइरहेको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video