महराद्वारा उच्च अदालतमा निवेदन दर्ता  |  अतिक्रमित भूमि फिर्ता गर्न कूटनीतिक प्रयास थालिएको छ : प्रम  |  आज मिति २०७६ मंसिर ६ गते शुक्रबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन  |  दोस्रो आन्तरिक पर्यटन मेला (डीटीएम २०२०) आउँदो फाल्गुन ९ र १० गते भृकुटीमण्डपमा हुँदै  |  कूटनीतिक नियोगका प्रतिनिधिलाई उपनिर्वाचनको अवलोकन गर्न आह्वान  |  नेप्से ओरालै लयमा  |  श्रमजीवीको पक्षमा लडिरहनेछु : विष्ट  |  राइड थ्रु सिन्धुलीगढीको तयारी पूरा, २०४ जना सहभागी हुने, पर्यटनमन्त्रीले उद्घाटन गर्ने  |  ‘स्मार्ट’ चालक अनुमतिपत्र ५० हजार वितरण गर्न बाँकी
पर्यटन /बिबिध समाचार
Jun 15, 2019
नुवाकोट गोल्डकपको उपाधि घरेलु टोलीलाई
जमुना गजुरेल
विदुर, जेठ ३२ नुवाकोटमा सम्पन्न दोस्रो नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि घरेलु टोली नुवाकोट–११ ले जितेको छ । आज भएको फाइनल खेलमा नुवाकोट–११ ले सङ्कटा क्लब काठमाडौँलाई टाइब्रेकरमा ५–३ गोलले पराजित गरी उपाधि हात पारेको हो । नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलमा निर्धारित समयमा दुवै टोलीले एक÷एक गोलको बराबरी खलेको थियो । त्यसपछि खेलको निर्णय टाइब्रेकरमार्फत गरिएको हो । मध्यान्तर अघिको खेल गोलरहित बराबरीमा सकिएको थियो । मध्यान्तरपछि दुवै टोलीका तर्फबाट एक÷एक गोल भएको थियो । सङ्कटाका लागि पुजन उपरकोटी तथा नुवाकोट–११ का लागि भिक्टरले गोल गरेका । टाईब्रेकरमा नुवाकोट–११ का लागि रुपेश केसी, भिक्टर, रमेश घिसिङ, अभिशेक बर्मा र राजिव लोप्चनले गोल गरेका थिए । सङ्कटाका लागि अमित तामाङ, दिपेश आलेमगर र एमेष्टले गोल गरेका थिए । प्रतियोगिताको उपाधि विजेता नुवाकोट–११ ले रु छ लाख तथा उप–विजेता सङ्कटाले रु तीन लाख पुरस्कार प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक नुवाकोट–११ का देव चित्रकार, उत्कृष्ट खेलाडी नुवाकोट–११ कै रुपेश केसी तथा म्यान अफ दी फाइनल नुवाकोट–११ कै गोलकिपर अर्पण कार्की घोषित भए । प्रशिक्षक चित्रकारले रु २० हजार, उत्कृष्ट खेलाडी केसीले रु ५० हजार तथा म्यान अफ दी फाइनल कार्कीले रु १० हजार पुरस्कार प्राप्त गरेको नुवाकोट जिल्ला फुटबल सङ्घका उपाध्यक्ष उद्धव पनेरुले जानकारी दिनुभयो । जिल्ला खेलकूद विकास समिति नुवाकोट र नुवाकोट फुटबल सङ्घको संयुक्त आयोजनामा भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । गत वर्ष प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video