प्रमुख समाचार
Oct 03, 2019
सुरक्षा चुस्त पार्न निर्देशन
काठमाडौँ, असोज १६ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नजिकिँदो चाडपर्व र चिनियाँ राष्ट्रपति सी चिनपिङको नेपाल भ्रमणलगायत विषयलाई उच्च प्राथमिकतामा राखेर सुरक्षा चुस्त पार्न निर्देशन दिनुभएको छ । हिजो मातहतका प्रहरी कर्मचारीलाई बोलाएर उहाँले प्रहरीको साख माथि उठाउने यो महत्वपूर्ण अवसर भएको भन्दै सुरक्षामा कुनै कसर बाँकी नराख्नसमेत निर्देशन दिनुभएको छ । बैठकमा महानगरीय प्रहरी कार्यालय परिसर, ट्राफिक प्रहरी महाशाखा, अपराध महाशाखा, वृत्त, प्रभागका प्रमुखसहितका प्रहरी कर्मचारीको सहभागिता थियो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले चाडबाडलगायत शान्तिसुरक्षालाई चुस्त बनाउने विषयसँगै प्रहरी दिवस आउन लागेकाले सोही विषयबारे आजको बैठकमा छलफल भएको जानकारी दिनुभयो । अतिरिक्त प्रहरी महानिरीक्षक पुष्कर कार्कीले चिनियाँ राष्ट्रपतिको भ्रमणको सुरक्षामा अन्य देशका राष्ट्र प्रमुखको जस्तै उच्चस्तरको सुरक्षा प्रबन्ध गरिएको र सबै सुरक्षा निकायको समन्वयमा नै आवश्यक सुरक्षा व्यवस्था मिलाइएको राससलाई जानकारी दिनुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video